नेपाल विकास र समृद्धिको युगतर्फ गइरहेको छ : प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, १६ फागुन २०७६, १४ : ५६
नेपाल विकास र समृद्धिको युगतर्फ गइरहेको छ : प्रचण्ड

चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विकास र समृद्धिको नयाँ युगतर्फ जाने जमर्को गरिरहेको बताउनुभएको छ । 

आज चितवन प्रदर्शनी केन्द्रमा भएको नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय पर्दशनी २०२० को उद्घाटन गर्नुहुँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘इतिहासका विगतका थुप्रै नकारात्मक विरासतहरुले पछ्याइरहेका छन्, अगाडि जान धेरै अव्ठ्यारा पनि छन् ।’

कार्यक्रममा उहाँले व्यवसायको क्षेत्रमा विभिन्न खालका अनुसन्धान गर्ने, अन्वेषण गर्ने, तिनको प्रयोग गर्ने उत्पादन र उत्पादकत्व बढाउने र देशलाई आत्मनिर्भर बनाउने कार्य पनि भइरहेको बताउनुभयो । चितवन जिल्ला पोल्टी इन्डष्टिको रुपमा हेर्दा अगुवा जिल्लामा रुपमा स्थापित भइसकेको अध्यक्ष प्रचण्डको भनाइ थियो । नेपाल एउटा आत्मनिर्भर इन्डष्टीको रुपमा विकसित भइसकेको उहाँले बताउनुभयो ।

‘यो इण्डष्ट्रि जोखिमयुक्त पनि छ । यसको निकै राम्रो प्रगति भइरहेको छ’ अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँले आधुनिक प्रविधिलाई प्रयोग गरेर यो इण्डष्ट्रिलाई स्थापित गर्ने र देशलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान गरिरहनुभएको उद्योगी व्यवसायीहरुलाई धन्यवादसमेत दिनुभएको थियो । 

कार्यक्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘चितवन उद्योग संघले भरतपुरमा प्रदर्शनी केन्द्र स्थापना गर्न पहल गर्यो र मैले पनि सहयोग गरेँ, अहिले विभिन्न खालका प्रदर्शनीहरु हुन सुरु गरेका छन् र यो सम्पूर्ण रुपले निर्माण भइसकेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खालका प्रदर्शनी हुनेछ भन्ने मैले विश्वास गरेको छु ।’ 

चितवनमा आजबाट सुरु भएको पोल्ट्री सम्मेलन फागुन १८ गतेसम्म हुनेछ । अध्यक्ष प्रचण्डले पोल्ट्रीका विभिन्न स्टलहरुको अवलोकनसमेत गर्नुभएको थियो । पोल्ट्री महासंघको आयोजनामा मिडिया स्पेश सोलुसन्स तथा फ्युचरेन्स ट्रेड एण्ड इभेन्ट प्रालिको सहकार्यमा नवनिर्मित चितवन एक्स्पो सेन्टर, उधोग पदर्शनी मार्ग भरतपुर चितवनमा भएको हो । 

नेपाली पोल्ट्री क्षेत्रको अत्याधुनिक परिवर्तन तथा व्यवसायिक विकास गर्न पोल्ट्री पदर्शनी गरिएको नेपाल पोल्ट्री महासंघका महासचिव दिनेशराज मिश्रले जानकारी दिएका थिए । 

प्रतिक्रिया दिनुहोस