युवतीले चिकित्सकसंग यि कुरा लुकाउनुहुन्न....

विहीबार, १५ फागुन २०७६, ०८ : ४१
युवतीले चिकित्सकसंग यि कुरा लुकाउनुहुन्न....

युवतीहरुको शारीरिक संरचना अति नै संवेदनशील हुन्छ । सधैं केही न केही समस्याहरु उत्पन्न भइरहन्छन् । प्रायः युवतीहरुलाई यस बारेमा सही जानकारी हुँदैन । त्यसैले उनीहरु चिन्तित हुन्छन् । उनीहरुलाई महिनावारी रोकियो भने आफु गर्भवती भए झैँ लाग्न थाल्छ । किनभने हिजोआज युवायुवतीहरु यौनप्रति धेरै नै स्वतन्त्र हुदै गएका छन् । उनीहरु यौन क्रियाकलापमा कुनै खराबी नरहेको सोच्छन् र खुलेर रोमान्स गर्छन् । 

जुन युवतीले संकोच मानेर समयमा नै स्त्रीरोग विशेषज्ञलाई देखाउँदैनन्, उनीहरुको यो समस्या बढ्दै जान्छ । समस्या बढ्दै गयो भने बाँझोपनको खतरा पनि हुन्छ । त्यसैले यस्तो स्थितिमा युवतीहरुले तुरुन्त डाक्टरसंग सम्पर्क राख्नु पर्छ । उनीहरुलाई खुलेर आफ्नो समस्या बताउनु पर्छ ।

युवतीहरूमा देखिने केही शारीरिक समस्याहरु :

अनियमित महिनावारी

अनियमित महिनावारी हरेक युवतीहरुको सामान्य समस्या हो । तर, उनीहरु त्यस्तो अवस्थामा निकै भयभीत हुन्छन् । अनियमित महिनावारीका विभिन्न कारणहरु हुन्छन् । विशेषज्ञहरुका अनुसार जुन युवतीले आफ्नो महिनावारी गर्भवती भएका कारण रोकिएको हो कि भन्ने सोच्छन् भने त्यो गलत कुरा हो । त्यस्ता विभिन्न कारणहरु छन्, जसले प्रायः युवतीहरु यो शारीरिक समस्याको शिकार हुन्छन् । वास्तवमा यो कुनै रोग होइन ।

यदि समयमा नै उपचार भएमा र खानपानमा ध्यान दिँदा यो समस्या छिट्टै समाधान हुन्छ । कहिलेकाहिं कुनै युवतीहरुलाई महिनामा दुई पटकसम्म पनि महिनावारी हुन्छ जसका कारण शरीरबाट धेरै रगत बग्छ र शरीर कमजोर हुन्छ । यो समस्या हार्मोनको गडबडीका कारणले हुन्छ । विभिन्न जाँचहरुका माध्यमबाट समस्याको जरासम्म पुग्न सकिन्छ र त्यहि अनुसार उपचार पनि गर्न सकिन्छ ।

स्तनमा गाँठो पर्नु

युवतीहरुमा त्यस्तो प्रकारको समस्या हुनु सामान्य कुरा हो । प्रायः उनीहरुको स्तनमा गाँठो पर्छ, जसका कराण स्तन स्पर्श गर्दा धेरै पीडा हुन्छ । यदि तपाईंमा पनि त्यस्तो समस्या छ भने तपाईं बिना कुनै सङ्कोच तुरुन्त सम्बन्धित चिकित्सकसंग भेट्ने र आफ्नो समस्या बताउनु पर्छ ।रगतको जाँच र अल्ट्रा साउण्डबाट समस्याको कारण पत्ता लगाउन सकिन्छ र त्यसपछि उपचार गरेर त्यो समस्याको समाधान गर्न सकिन्छ ।

बढ्दो उमेरमा महिलाहरुमा त्यस्ता प्रकारका समस्याहरु उत्पन्न हुन्छन्, जुन कहिलेकाहिं ब्रेस्ट क्यान्सरको रुपमा अगाडि आउने पनि सक्छ । त्यस्तो स्थितिमा कीमोथेरापी गरिन्छ भने कहिलेकाहिं त जुन स्तनमा समस्या छ, त्यो स्तनलाई नै काट्न पनि पर्न सक्छ । युवतीहरुमा ब्रेस्ट क्यान्सर हुने सम्भावना धेरै कम हुन्छ । त्यसैले महिलाहरुले स्तनमा गाँठो आउनासाथ आत्तिनु पर्दैन ।

ल्यूकोरिया

ल्यूकोरिया अर्थात भेजाइनाबाट निस्कने सेतो र चिल्लो गाढा पदार्थ । ल्यूकोरिया त्यस्ता महिलाहरुमा धेरै हुने सम्भावना हुन्छ, जसले आफ्नो गोप्य अंगहरुको सरसफाईमा ध्यान दिँदैनन् अथवा कुनै अरु युवतीको भित्रि बस्त्रको प्रयोग गर्छन् ।

यो समस्याको समयमा नै उपचार गरेन भने यो रोग धेरै बढ्न सक्छ । यो रोगबाट पिडित युवतीहरु धेरै कमजोर हुन्छन् । त्यसैले यदि तपाईंमा पनि यस्तो समस्या छ भने तुरुन्त चिकित्सककहाँ जानु पर्छ र आफ्नो समस्या बताउनु पर्छ । चिकित्सकसंग कहिले पनि आफ्नो समस्या लुकाउनु हुँदैन, समस्या लुकाउनाले झन बढ्छ ।

ओभरीमा गाँठो

युवतीमा पीसीओडीको समस्या पनि प्रायः भइरहन्छ । ओभरीमा गाँठो हुँदा महिनावारी त रोकिन्छ नै, यसको साथै पेट दुख्ने पनि हुन्छ । कहिलेकाहिं अण्डाशयमा बनेको अण्डा, जुन हरेक महिना फुटेर रगतको रुपमा बाहिर निस्कन्छ, त्यो फुट्न पाउँदैन र अन्डाशयको सबैतिर जम्मा भएर बस्छ, जसका कारण पेट सुनिन्छ ।

यदि महिनावारी बन्द भयो भने अल्ट्रासाउण्ड गराउनु आवश्यक हुन्छ । त्यसबाट युवतीमा पीसीओडिको समस्या छ कि छैन भन्ने कुरा थाहा हुन्छ । त्यसो त यसमा आत्तिनु पर्ने त्यस्तो कुनै कुरा छैन । समयमा नै चिकित्सकलाई देखाउँदा यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ ।

सन्देश भण्डारी

(लेखक बि.पि.एच. अध्ययनरत विद्यार्थी हुन्)

प्रतिक्रिया दिनुहोस