फेवातालमा डुंगा पल्टिँदा एक युवक वेपत्ता

सोमबार, १२ फागुन २०७६, १८ : १४
फेवातालमा डुंगा पल्टिँदा एक युवक वेपत्ता

पोखरा । फेवातालमा सोमबार डुंगा पल्टिँदा एक युवक वेपत्ता भएका छन् । वेपत्ता हुनेमा काठमाडौं १२ का २५ वर्षीय सुमित लुइँटेल रहेको प्रहरीले जनाएको छ । लुइँटेलको खोजी कार्य तीब्र पारिएको छ ।

डुंगामा ३ जना चढेको र २ जनालाई भने उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार हुनेमा काठमाडौं १२ कै रुपेश अधिकारी र सुविन चालिसे छन् ।

डुंगा पल्टिएको देखेपछि पोखरा महानगरपालिका ८ का एक स्थानीय वासिन्दा उद्धार गर्न गएका थिए । तर, उनी पनि तालमै भएपछि सशस्त्र प्रहरीले उनलाई समेत उद्धार गर्नु परेको थियो । हाल उनको पोखराकै मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चालकबिना आफैं चलाएर लगेको डुंगा खपौंदी क्षेत्रमा पल्टिएको थियो ।

प्रतिक्रिया दिनुहोस