यस्तो छ प्रधानमन्त्री ओलिको जिवनी

विहीबार, ०३ फागुन २०७४, १४ : ३५
यस्तो छ प्रधानमन्त्री ओलिको जिवनी

 झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा तीन दशकदेखि सक्रिय नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद केपी शर्मा ओली दोस्रो पटक नेपालको प्रधानमन्त्रि बन्न सफल भएका छन् । यसअघि ओली संविधानसभाबाट जारी नयाँ संविधान जारी पछि २०७२ असोजमा प्रधानमन्त्री भएका थिए।

उनी वाम गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । मुलुकको ४१ औँ प्रधानमन्त्री राष्ट्रिय एकतामा अविचलित वाकपटुतायुक्त र लामो समय जेलनेल भोगेका नेता ओली पिता मोहनप्रसाद ओली र आमा स्व मधु ओलीको कोखबाट इवा–२, तेह्रथुममा २००८ साल फागुन ११ ९सन् १९५२÷०२÷२३० मा जन्मिएका हुन ।पछि रणामती–६, झापामा बसाइँ सरेका उनी त्यहीँबाट सक्रिय राजनीतिमा होमिए । झापा विद्रोहकालीन एक मात्र जीवित नेता ओलीले लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आएका छन । यसअघि मुलुकको प्रधानमन्त्री,उपप्रधानमन्त्री तथा गृहमन्त्री र परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिसकेका ओली राष्ट्रिय एकता र राष्ट्रियताका सवालमा पनि निडर तथा खरो देखिएका छन । पछिल्लो समयमा माओवादि लगायत वामदलहरु विचको एकता नजिक पुर्याउदै प्रमुख दलको हैसियतमा कार्यकारी प्रमुख बनेका हुन ।

पार्टी र संसद्का जिम्मेवारी: विसं २०७१ असार १९–२५ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको अध्यक्षमा माधवकुमार नेपालसँगको प्रतिस्पर्धामा अध्यक्ष भएका उनी २०७० माघ २१ मा भएको पार्टीको संसदीय दलको निर्वाचनमा तत्कालीन अध्यक्ष झलनाथ खनाललाई पराजित गरी दलको नेता भएका थिए । संविधानसभाको दोस्रो निर्वाचनमा झापा क्षेत्र नं ७ बाट निर्वाचित उनी विसं २०४८ र २०५१ मा सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित भएका थिए भने २०५१ मङ्सिर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सरकारमा गृहमन्त्री भएका थिए । विसं २०५६ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नम्बर २ र ६ बाट प्रतिनिधिसभामा निर्वाचित भई पार्टीको संसदीय दलको उपनेता भएका ओली २०६३ जेठमा गठित मन्त्रिपरिषद्मा उप–प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसमेत बने ।विसं २०७० मङ्सिरमा सम्पन्न संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्यका रुपमा निर्वाचित भएका उनी आफ्नो अडानमा स्पष्ट मानिन्छन ।

हतियारबद्ध सङ्घर्षदेखि शान्तिपूर्ण रुपान्तरण विसं २०२७ को झापा विद्रोहमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्र हतियारबद्ध सङ्घर्ष वा शान्तिपूर्ण सङ्घर्ष गर्ने भन्ने बहसमा उनले शान्तिपूर्ण आन्दोलनको माध्यमबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने वैचारिक अडान राखे पनि पार्टीको निर्णय मानी सशस्त्र सङ्घर्षमा समेत होमिए । अन्ततः विसं २०४६ को वाम प्रजातान्त्रिक सहकार्यको शान्तिपूर्ण आन्दोलनबाटै प्रजातन्त्रको पुनःस्थापना भयो, त्यसपछि पार्टीले पनि शान्तिपूर्ण रुपान्तरणको बाटो लियो । अध्यक्ष ओलीले तत्कालीन महासचिव मदन भण्डारीबाट प्रस्तुत तथा एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादको सिद्धान्त र त्यसको कार्यक्रम निर्माणका महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

संक्षिप्त जीवनी नाम, केपी शर्मा ओली
जन्म मिति : वि. सं. २००८÷११÷११ तदनुसार सन् १९५२÷०२÷२३, शनिबार ।
जन्मस्थान : तेह्रथुम, नेपाल ।

पारिवारिक अवस्था: हजुरबा स्व. मनरथ ओली ,  हजुरआमा स्व. राममाया ओली,  माता स्व. मधु ओली,  पिता: मोहनप्रसाद ओली । वैवाहिक अवस्था : विवाहित,  श्रीमती राधिका शाक्य,  भाइ तथा बुहारी जयप्रसाद ओली, इन्दिरा ओली ,  दिदी÷बहिनी विष्णुमाया, कौशिला र राजु,

स्थायी निवास: अनन्तलिङ्गेश्वर– २, बालकोट भक्तपुर, नेपाल ,  अस्थायी निवास: शरणामती– ६, झापा, नेपाल, नागरिकता नम्बर: २६६÷३१३९५ ,  राहदानी नम्बर:  ००२५११४,  शैक्षिक योग्यता: सामान्य ।
भाषा: नेपाली, हिन्दी र अंग्रजी ।
भ्रमण: स्वदेश— ७५ वटै जिल्ला । विदेश— मित्र राष्ट्रहरूः चीन, भारत, बंगलादेश, भुटान, श्रीलंका, जापान, सिंगापुर, भियतनाम, अस्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, रसिया, स्विडेन, फिलिपिन्स, काजकिस्तान, पेरु, मेक्सिको, पोर्चुगल, स्पेन, कतार, मलेसिया, क्युवा, युक्रेन, नेदरल्यान्ड, बेल्जियम, साइप्रस, बेलारुसआदि ।

राजनीतिक दल:
नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी
 वर्तमान जिम्मेवारी: अध्यक्ष, नेकपा एमाले, २०७१ असार १९–२५ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशन
संविधानसभा सदस्य–२०७० मंसीर ४ को संविधानसभा निर्वाचन

प्रतिनिधि सभा सदस्य: प्रतिनिधि सभा र्निवाचन २०७४

राजनीतिक यात्रा: २०२३ साल, माक्र्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण प्राप्त । जिम्मेवारी बहन: २०२५ सालबाट— तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा आबद्ध भई नेतृत्व गरेको । नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त : २०२६ साल । २०२६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीकोे उप–सचिवको जिम्मेवारी बहन । २०२७ वैशाखमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र पूर्वकोशी प्रान्तीय कमिटीसँग एकीकरण । २०२८ साल वैशाखमा तत्कालीन पूर्वकोशी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिस्ट पार्टी अलग । २०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रुपमा जिम्मेवारी बहन जेल जीवन पहिलो पटक : २०२७ फागुन १६ गते आइतबार, झापाबाट गिरफ्तार । पहिलो गिरफ्तार : झापा पुलिस थानामा । २०२७ र २०३० का बिचमा  पटक पटक गरी १० पटक बढी गिरफ्तारी । जेल यात्राको अध्याय :२०३० असोज २३ गतेबाट जेल जीवन प्रारम्भ । पहिलो भोगाई , रौतहट गौर जेल, गौर थाना, २ दिन मात्र । त्यसपछि वीरगञ्ज थाना वीरगञ्ज जेलमा चलान । २०३० मंसीर ८ गते भद्रगोल जेल काठमाडौंमा चलान । ३ दिनपछि ११ गते सेन्ट्रल जेल गोलघर चलान । २०३० मंसीर ११ देखि २०३२ वैशाख १६ सेन्ट्रल जेल गोलघरमा । र, त्यसपछि गोलघर बाहिर । २०३३ साउनमा नख्खु जेल चलान । २०३३ मंसीरमा केन्द्रीय कारागार गोलघरमै । २०३६ जेठमा गोलघर बाहिर । २०३७ चैतमा पुनः नख्खु जेल चलान । २०३९ माघ ३ मा पोखरा जेल चलान । २०४२ कात्तिकमा स्याङ्जा जेल चलान । २०४३ मंसीर ८ मा हनुमान ढोका जेल चलान । ०४३ माघ १२ मा भद्रगोल जेल चलान । २०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा । तत्कालीन राजा ज्ञानेन्द्रले चालेको ०५८ माघ १९ को कूु सँगै नजरबन्दी । जेलमुक्त भएपछि राजनीतिक जीम्मेवारी बहनस् २०४४ पुस २ गतेबाट धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा माले को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी । २०४६ मा तत्कालीन नेकपा माले लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी बहन । २०४७ जेठ १ गते, तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष । २०४९ देखि २०७१ असार मसान्तसम्म नेकपा एमाले स्थायी कमिटी सदस्य । राज्यतहमा बहन गरिएका विभिन्न समयका विभिन्न जिम्मेवारी २०४८ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नंम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित । २०५१ मा सम्पन्न मध्यावधि निर्वाचनमा झापा क्षेत्र नम्बर–६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित । २०५१ मंसीर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सरकारमा गृहमन्त्रीको जिम्मेवारी बहन । २०५६ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नम्बर २ र ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित, साथै, नेकपा एमाले दलको उपनेता चयन । २०६३ जेठमा गठित मन्त्रिपरिषद्मा उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीका रुपमा जिम्मेवारी बहन । २०७० मंसीरमा सम्पन्न संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्यका रुपमा निर्वाचित । विभिन्न समयमा प्रतिनिधिसभा, मन्त्रिपरिषद् र संविधानसभाबाट गठित विभिन्न आयोग र समितिका जिम्मेवारी बहन गरेको ।
आफ्नो राजनीतिक जीवनको यात्रासँगै लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आएको । हालै जारी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणदेखि राष्ट्रिय एकता र राष्ट्रियताका सवालमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको तथ्य जगजाहेरै छ ।

प्रतिक्रिया दिनुहोस