कोरोना संक्रमित सवार बसमा आक्रमण

शनिबार, १० फागुन २०७६, १३ : ०५
कोरोना संक्रमित सवार बसमा आक्रमण

काठमाडौं । युक्रेनको मध्य–क्षेत्रमा रहेको सहर नोभी स्यान्झारीका स्थानीयले चीनको ऊहानबाट उद्दार गरिएका मानिस सवार बसमा आक्रमण गरेका छन् । 

ती बसमा ४५ युक्रेनी र २७ विदेशी सवार थिए भने उनीहरुको लागि नोभी स्यान्झारी सहरमा क्वारेन्टाइन बनाइएको थियो । 

युक्रेनमा हालसम्म एक जनामा पनि कोरोनाभाइरसको संक्रमण भेटिएको छैन । तर ऊहानबाट फिर्ता गरिएका मानिसमाझ संक्रमित पनि रहेको हल्ला फैलिएपछि नोभीवासी क्रुद्ध भएका थिए । उद्धार गरिका व्यक्ति बोकेको बसको कन्भो हिँड्ने सडकमा मानिसले टायर बालेर विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस