विवादमा तानिए सञ्चारमन्त्री बाँस्कोटा, ७० करोड कमिसन डिल गरेको अडियो बाहिरियो ! (सुन्नुहोस् : अडियो सहित)

सफल खबर संवाददाता

विहीबार, ०८ फागुन २०७६, ०७ : ५८
विवादमा तानिए सञ्चारमन्त्री बाँस्कोटा, ७० करोड कमिसन डिल गरेको अडियो बाहिरियो ! (सुन्नुहोस् : अडियो सहित)

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटा विवादमा आएका छन् । उनले  सेक्युरेटी प्रिन्टिङ प्रेसको खरिदमा ७० करोड रुपैया कमिसनका लागि गरेको डिलको एउटा गोप्य अडियो सार्वजनिक भएपछि विवादमा तानिएका हुन् ।

एक स्वीस कम्पनीका नेपाली एजेन्टसँग उनले खुलेआम कमिसनका विषयमा कुरा गरेको अडियो मध्यरात बाहिरिएपछि उनी विवादमा परेका छन् । म भष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भन्दै आएका प्रधानमन्त्री केपी ओलीका खास विश्वासप्राप्त मन्त्रीकै ७० करोड कमिसनका लागि भएको खुल्लेआम सम्वादको अडियो सार्वजनिक भएपछि सरकारका मन्त्रीहरु कसैका पनि प्रतिक्रिया सार्वजनिक भएका छैनन् ।

बाँस्कोटा तिनै मन्त्री हुन्, जो सरकारका सबैभन्दा बढी रक्षापङक्तिमा उभिने मन्त्रीका रुपमा चिनिन्छन् । उनी अहिले पनि प्रधानमन्त्री ओलीको बालकोट भक्तपुर स्थित निवासमा बस्दै आएका छन् ।  उनले अडियोमा नर्मल तरिकावाट कम कमसिन आउने र आउट अफ ट्रयाकबाट गए बढी कमिसन आउने सम्मका विषयमा ति एजेन्टसँग कुराकानी गरेको अडियोमा सुनिन्छ ।

यतिसम्मकी मन्त्री बाँस्कोटाले कर्मचारीहरुका सन्र्दभमा आपत्तिजनक शब्दको समेत प्रयोग गरेको अडियोमा सुन्न सकिन्छ ।

यस्तो छ कुराकानी अडियोमा जस्ताको तस्तै :
एजेन्ट : यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ । स्वीस एम्बेसीले बोलाएर आउँछ तपाइले बोलाएर आउने हैन 
मन्त्री बाँस्कोटा : ह...
एजेन्ट : सकेसम्म एमओयू गर्नेकी भन्ने हिसाबले आउन थालेको छ । तपाइहरुको (कार्यक्रमको बारेमा एम्बेसडरले छुट्टै कुरा गर्न चाहेको छ ।
मन्त्री बाँस्कोटा : ठीक छ ।
एजेन्ट :  त्यसका लागि तपाइले टाइम मिलाइदिनुप¥यो ।
मन्त्री बाँस्कोटा :  मिलाइदिन्छु ।
एजेन्ट :  त्यसका लागि हामी आउट अफ ट्रयाक जानेकी, तपाइले भने अनुसार नै गर्ने, लु भन्नुस ।
मन्त्री बाँस्कोटा :  अब.. क्यापासिटीको कुरा
एजेन्ट :  कुरा चाहि मैले राखेको छु उनीहरुलाई ।
मन्त्री बाँस्कोटा :  उनीहरुलाई नर्मलमा ५० भन्ने ?
एजेन्ट :  त्यसमा नर्मलमा
मन्त्री बाँस्कोटा :  उनीहरुले कति निकाल्छन ?
एजेन्ट :  यस्को टोटलको पर्सेन्ट निकाल्ने हो ।
मन्त्री बाँस्कोटा :  टोटल कति निस्कन्छ त्यो हेरौं ।
एजेन्ट  : केहि न केहि त भइराछ त्यहि बेसमा जाने हो । बेस चाहि तपाइहरुको उसमै जाने हो हामी ।
मन्त्री बाँस्कोटा : सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो । मानौ २५ निस्कयो भने कति हुन्छ ?
एजेन्ट : ७० जति आउलाकी ! आउट अफ ट्रयाक नजादा ७० जति आउलाकी ।
मन्त्री बाँस्कोटा : तपाइलाई के गर्छन ? छुट्टै गर्छन ?
एजेन्ट : टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ । यसमा ७० प्रतिशत तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो । यो एकदमै ट्रान्सपरेन्ट हुन्छ ।
मन्त्री बाँस्कोटा : त्यो भनेको कति हुन्छ ?
एजेन्ट : ५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। हामीले पनि त अलि अलि राख्नुप¥यो नी । आउट अफ ट्रयाक गइयो भने...
मन्त्री बाँस्कोटा : अनि यो कर्मचारीसँग कस्ले कुरा गर्छनी ?
एजेन्ट : त्यो कुरा तपाई गर्नुस ।
मन्त्री बाँस्कोटा : एउटा के नगर्नुस भने यी मु...कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने यिनले हेप्छन । त्यसकारण यो कुरामा तपाई आफै लाग्नुस । कुरा बुझ्नुभो..
एजेन्ट : त्यसो भए म आफै लाग्छु । उसले त बनाएर राखिसकेको छ ।
मन्त्री गोकुल बास्कोटा : त्यो मु..ले बनाएको त ३५ अर्बको छ । अब यता २७ अर्ब निस्कयो भने २८ अर्बको बनाउनुस ।

हाम्रा कुरा डटकमले सार्वजनिक गरेको अडियो

 

प्रतिक्रिया दिनुहोस