विकास र समृद्धि अब नेकपाबाट मात्रै सम्भव : वरिष्ठ नेता नेपाल

सफल खबर संवाददाता

मंगलबार, ०६ फागुन २०७६, २१ : ५२
विकास र समृद्धि अब नेकपाबाट मात्रै सम्भव : वरिष्ठ नेता नेपाल

फाईल फोटो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले विकास र समृद्धि अब नेकपाबाट मात्रै सम्भव भएको दावी गरेका छन् । उनले प्रमुख प्रतिपक्षी दल काँग्रेससमेत सबैरुपमा नालायक बनेकाले उसबाट विकास र समृद्धि सम्भव नभएको दावी गरे । 

नेता नेपालले भनेका थिए, ‘ नेपाली काँग्रेस भनेको सबैरुपमा नालायक पार्टी हो । यो पार्टीले केही गर्न सक्ने अवस्था छैन । अब आशा नेकपासँग मात्रै छ ।’ उनले कम्युनिष्टहरु देशभक्त र स्वाभिमानी हुनुपर्नेमा जोड दिँदै त्याग, तपस्या र बलिदान कम्युनिष्ट पार्टीले बिर्सन नहुने बताए ।

कम्युनिस्ट कमिटी प्रणालीमा चल्नुपर्ने र व्यक्ति केन्दीत हुन नुहुने पनि नेता नेपालले धारणा राखेका थिए । कतिपयमा नेताको प्रशंशा र वरिपरी घुमेर फाइदा लुट्ने चरित्र देखिएको भन्दै त्यसले पार्टीको हित हुन नसक्ने धारणा राखे । पार्टी र सरकारले जनतको पक्षमा काम गर्नुपर्नेमा जोड दिँदै नेता नेताले  पार्टी विधि र पद्धतिमा चल्नुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस