काठमाडौं । परराष्ट्र मन्त्रालयले गरेको औपचारिक आग्रहपछि भारतीय अध्यागमनले ‘नेपालका स्थलमार्गबाट दिल्ली जाने नेपाली यात्रुले विमानबाट काठमाडौँ फर्कन नपाउने’ नियम अनिवार्य गरेको छ ।
दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा यात्रुले आफ्नो राहदानीमा ‘प्रस्थान छाप (डिपार्चर स्टाम्प) भएको अवस्थामा मात्रै भारतीय अध्यागमनले आगमन छाप लगाउने स्पष्ट प्रवन्ध कायम भएको जनाएको छ ।
यो सूचनापछि परोक्षरुपमा नेपाल–भारतका नागरिकले हवाइमार्ग हुँदै एकअर्को देशमा आवतजावत गर्न नागरिकता वा अन्य प्रामाणिक पहिचानपत्र प्रयोग गर्न पनि नसक्ने भएको छ । अब पासपोर्ट प्रयोग गर्नुपर्ने भएको कान्तिपुरले समाचार छापेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सार्वजनिक सुनुवाइमा दिल्लीका मुख्यमन्त्रीमाथि आक्रमण प्रयास
इरानबाट २८२ भारतीय दिल्ली पुगे
दिल्लीमा भीषण हुरी र वर्षा: सडक जलमग्न
दिल्ली मुख्यमन्त्रीको रूपमा रेखा गुप्ताले लिइन् शपथ
प्रदूषणका कारण आधा लकडाउनमा दिल्ली
शनिबार पनि दिल्लीको हावा 'गम्भीर' श्रेणीमा, काठमाडौँ प्रदूषित सहरको शीर्ष १० मा