काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा घटाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पर्दाथको मूल्य प्रतिलिटर २ रुपैयाँ घटेको निगमले जनाएको छ । उक्त मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ ।
स्वाचालित मूल्य प्रणाली अनुसार पेट्रोल–डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँको दरले घटाएको हो । समायोजन पश्चात पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९७–९७ रुपैयाँ कायम गरेको निगमले जनाएको छ ।
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ फागुन २०७६, १९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डिजेल र मट्टितेलको मूल्य घट्यो
निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
घट्यो डिजेल र मट्टितेलको मूल्य
डिजेल र मट्टितेलको मूल्य घट्यो
नेपाल आयल निगम रूपन्देहीको प्रादेशिक इन्धन डिपोको डीपीआर अन्तिम चरणमा
पेट्रोलियम पदार्थको मूल्य बढ्यो