निवर्तमान उपसभामुख तुम्वाहाङ्फे अब काननु मन्त्री, सपथ आजै

सफल खबर संवाददाता

सोमबार, ०५ फागुन २०७६, ११ : ३१
निवर्तमान उपसभामुख तुम्वाहाङ्फे अब काननु मन्त्री,  सपथ आजै

काठमाडौं । सभामुख हुनका लागि भरमग्धुर प्रयास गरेका निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङ्फे अन्ततः कानुनमन्त्री बन्ने भएकी छिन् । 

उनलाई आजै ३ बजे कानुनमन्त्रीको रुपमा शपथ ग्रहण गराउने तयारी गरिएको स्रोतले जानकारी दियो । प्रधानमन्त्री केपी ओलीले तुम्वाहाङ्फेलाई रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

यसअघि, उपसभामुख पदबाट राजीनामा दिने विषयमा विवाद चलिरहँदा तुम्बाहाङ्फले उपसभामुख पद मन्त्री पदका लागि नसाट्ने बताउँदै आएकी थिइन् ।

लामो समयको विवादपछि उनले अन्ततः राजीनामा दिएकी थिइन् । उनले राजीनामा दिएसँगै अग्निप्रसाद सापकोटा सभामुख पदमा निर्वा्चित भएका थिए । तुम्वाहाङ्फेलाई केही समय अगाडी मात्रै नेकपाले केन्द्रिय सदस्यमा मनोनयन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस