विप्लव समुहका जिल्ला सेक्रेटरी चन्दा रसिद सहित पक्राउ

पत्रपत्रिकाबाट

आइतबार, ०४ फागुन २०७६, ०७ : ३२
विप्लव समुहका जिल्ला सेक्रेटरी चन्दा रसिद सहित पक्राउ

file photo

गोरखा । नेत्रविक्रम चन्द समूहका गोरखा सेक्रेटरी लोकबहादुर वली र जिल्ला सदस्य कृष्ण पन्त पक्राउ परेका छन् ।

दाङ तुलसीपुर उप महानरगपालिका–५ का स्थायी घर भइ गोरखा कार्यक्षेत्र रहेका ४४ वर्षीय वली र गोरखाको गण्डकी गाउँपालिका–४ फुजेलका ४३ वर्षीय पन्तलाई गोरखा नगरपालिका–१३ मझुवा देउरालीबाट पक्राउ गरिएको डीएसपी वासुदेव खतिवडाले बताए ।

उनीहरुको साथबाट विप्लव समूहको राजनीतिक दस्तावेज, पार्टीको झन्डा, ३२ हजार संकलित चन्दा, चन्दा रसिद, तीन थान मोबाइल पनि बरामद भएको प्रहरीले बताएको छ ।

अनुसन्धान भइरहेको र उनीहरु माथि आइतबार मुद्दा दर्ता हुने प्रहरीले बतायो । ‘लामो समयदेखि निगरानीमा राखि खोजतलास गर्ने क्रममा लुकिछिपि हिँडेको अवस्थामा नियन्त्रणमा लियौँ,’ खतिवडाले भने । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस