प्रियंका र आयुष्मानको विहेको मिति फिक्स

सफल खबर संवाददाता

शनिबार, ०३ फागुन २०७६, १६ : २१
प्रियंका र आयुष्मानको विहेको मिति फिक्स

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी यहि फागुन १५ र (२७ फेब्रुअरी) गते विवाह बन्धनमा बाधिँदै छन्।

‘इन्गेजमेन्ट’ भएको करिब दुईवर्ष पछि उनीहरु विवाह बन्धनमा बाँधिन लागेका हुन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा तस्विर सार्वजनिक गर्दै उनीहरुले आफ्नो विवाह मिति सार्वजनिक गरेका हुन्। ‘भ्यालेन्टाइन डे’को अवसर पारेर उनीहरुले फागुन १५ को मिति सार्वजनिक गरेका छन्।

त्यसो त एक महिना अघि नै विवाह हुने पक्का भएपछि प्रियंका आफ्ना नजिकका साथीहरुसँग ब्याचलर पार्टी मनाउन थाइल्यान्ड पगेकी थिइन्।

प्रतिक्रिया दिनुहोस