दिलीप महतो हत्याका आरोपित थुनामा

सफल खबर संवाददाता

शुक्रबार, ०२ फागुन २०७६, १४ : २७
दिलीप महतो हत्याका आरोपित थुनामा

जनकपुरधाम । धनुषा जिल्ला अदालतको आदेशमा दिलीपकुमार महतोको हत्याका आरोपित तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । धनुषाको मिथिला नगरपालिका ५ श्रीनगरका दिलीपको गत पुस २५ गते बिहान घर नजिकैको औरही खोलामा भइरहेको उत्खनन् रोक्न जाँदा हत्या भएको थियो । 

धनुषा जिल्ला अदालतको आदेशमा तीन जनालाई कारागार पठाइएको र तीन जनालाई धरौटीमा छाडेको धनुषा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार क्रसर उद्योगी बिपिन महतो, टिपर चालक मुनिन्द्र महतो र लोडर चालक जितेन्द्र महतोलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

यस्तै, रोशनकुमार यादव, सत्यनारायण महतो र शत्रुधन महतोलाई २५ हजार धरौटी लिएर साधारण तारेखमा रिहा भएका छन् । 

प्रतिक्रिया दिनुहोस