आज प्रेमको दिवसभन्दा पनि प्रेमको लागि गरिएको विद्रोह

शुक्रबार, ०२ फागुन २०७६, १२ : १८
आज प्रेमको दिवसभन्दा पनि प्रेमको लागि गरिएको विद्रोह

प्रबल कोइराला 

काठमाडौँ । आज फेब्रुअरी १४ तारिख अर्थात भ्यालेन्टाइन डे’  ‘प्रणय दिवस’  प्रेम गर्ने जोडीहरुको लागी निकै विशेष दिन । संसारभरी नै यस दिनलाई युगल जोडीहरुले विशेष दिनको रुपमा मनाउने गर्छन् । तर वास्तवमा यो दिवस किन मनाउन थालिएको हो त ? यस दिवस मनाउनाको ऐतिहासिक कारणबारे चर्चा भने प्रायः कमै मात्र सुनिने गरिन्छ  ।

आखिर ‘भ्यालेन्टाइन डे’ को के महत्व छ ? यो किन मनाउन थालियो ? र यसको ऐतिहासिक पृष्ठभमि के हो भन्ने हरेक व्यक्तिले जान्नु आवश्यक छ । अझ प्रेमिल जोडीले जान्नु त अत्यावश्यक छ  ।

कुनै पनि व्यक्तिले आफुले मन परेको व्यक्तिलाई प्रेम प्रस्ताब राख्दा “विल यु बि माइ भ्यालेन्टाइन ?” भनेर प्रस्ताव राखेको हामीले देखेको सुनेको अनि भोगेको कुरा हो । तर यो वाक्य बोल्ने हरेकले बुझ्न जरुरी कुरा के हो भने “भ्यालेन्टाइन”  को अर्थ “प्रेमी”  होइन, भ्यालेन्टाइन त एक पादरीको नाम हो  । प्रेमिल जोडीको यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका लागि दिएको वलिदानको सम्झानामा मनाउँछन्  ।

ईशा पूर्व इपु २७० मा रोमन सम्राट क्लडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर प्रेम र विवाह प्रतिबन्ध गरे । यसले गर्दा त्यसबेलाका जवान युवायुवतीहरु निकै दुखी भए । भ्यालेन्टाइन डे लाई सुक्ष्म तरिकाले विश्लेषण गर्ने हो भने यो प्रेमको दिवस भन्दा बढी प्रेमको लागि गरिएको बिद्रोह हो । 

सम्राटको आज्ञाको बिरुद्ध जाने कसैले हिम्मत गरेका थिएनन्, तर सेन्ट भ्यालेन्टाइनले लुकीछिपी युवायुवतीको विवाह गराइदिन थाले किनभने ऊनी सम्राट्को निर्णयलाई धर्मविरुद्ध ठान्थे ।
सम्राटको आज्ञा तोडेको आरोपमा उनलाई ई पू २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइयो । प्रेमलाई भगवानको प्रसाद ठान्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । 
भ्यालेन्टाइन डे लाई सुक्ष्म तरिकाले विश्लेषण गर्ने हो भने यो प्रेमको दिवस भन्दा बढी प्रेमको लागि गरिएको बिद्रोह हो । 

आजकल प्रेम दिवसको परिचय नै फेरिएको छ । प्रेम दिवस भन्नाले साँचो प्रेम प्राप्त गर्नु भन्दा बढी शारीरिक सम्बन्ध स्थापनाको माध्यम बनेको छ । कसैको लागी महङ्गा उपहार प्राप्त गर्ने विशेस अवसर बनेको छ । सेन्ट भ्यालेन्टाइनले विवाह गराउने अभियान चलाएका थिए तर अहिले विवाह नभई आफ्ना क्षणिक स्वार्थ पुरा गर्ने माध्यम मात्र बनेको छ प्रेम दिवस । विशुद्ध प्रेमको निम्ति बलिदान दिएका सन्तको सम्झानामा मनाइने यो दिवस यति बदनाम भएको छ कि यो दिवसलाई भ्यालेन्टाइन संग जोड्दा मात्र पनि उनको अपमान गरेको भान हुन्छ ।

“प्रेम र प्रणयलाई सस्तो ठान्नु हुन्न यो ईश्वरीय देन हो” भन्ने त्यागी पादरी भ्यालेन्टाइनको सम्झना गर्नेहरुले कहिल्यै धोका र विश्वासघात गर्दैनन् । तर अघिल्लो वर्ष प्रणय दिवसमा संगै बाँच्ने संगै मर्ने कसम खाएकाहरु यो वर्षको प्रणय दिवसमा अर्कै संग उही पुरानो कसम खाँदै छन् ।

सेन्ट भ्यालेन्टाइनले आफ्नो ज्यान खतरामा छ भन्ने थाहा हुँदा हुँदै पनि अरुको प्रेम सफल बनाएर उनीहरुको वैवाहिक जीवन सफल बनाउन आफ्नो प्राणको आहुति दिए । यदि वास्तविक रुपमा भ्यालेन्टाइन डे मनाउने हो भने, निस्वार्थ प्रेम गर्न सिक्नुस । निस्वार्थ गरेको प्रेम प्राप्त गर्न परिवार र समाज संग डटेर लड्नुस । यसो गर्न सक्नुभयो भने मात्र सेन्ट भ्यालेन्टाइनको आशिर्वाद तपाईसंग रहनेछ । 

प्रतिक्रिया दिनुहोस