विवाह अगाडिसम्म म कुनै प्रोजेक्टमा आवद्ध हुँदिन : प्रियंका कार्की

विहीबार, ०१ फागुन २०७६, १३ : ३६
विवाह अगाडिसम्म म कुनै प्रोजेक्टमा आवद्ध हुँदिन : प्रियंका कार्की

काठमाडौं । पछिल्लो समय अभिनेत्री प्रियंका कार्कीले कुनै पनि फिल्म अभिनय गरेकी छैनन् । यहि फागुन १७ गते विवाह तयारीमा रहेकी उनले सोही कारणले फिल्मबाट केही समयका लागि दुरी बनाएकी हुन् ।

उनको विवाह मिति १५ पनि हुनसक्ने अहिले नजिकका आफन्तले सार्वजनिक गरेका छन् । जसका लागि उनी अहिले ज्योतिष समेत देखाउँदै छिन् ।

तर, प्रियंकाले भने बिवाहको आधिकारिक मिति १५ वा १७ केही खुलाएकी छैनन् । ‘भ्यालेनटाइन डे’मा उक्त मिति पनि सार्वजनिक गर्ने उनको योजना रहेको बुझिएको छ ।

गत महिना आफ्ना केही नजिकका साथीहरुसँग थाइल्याण्डमा ब्याचलर पार्टी मनाएकी प्रियंका अहिले भने विवाहको तयारीमा पुरै जुटेकी छिन् । जसको कारण उनी सार्वजनिक कार्यक्रममा पुग्दिनन् । पुगिन् भने पनि ढिलो जाने र छिटो हिड्ने गर्दछिन् ।

बुधवार फिल्म ‘लक्का जवान’को ‘मुसुक्कै हाँसन माया’ बोलको गीत सार्वजनिक कार्यक्रममा पनि उनी करिब अन्त्यतिर देखिएकी थिइन् । उनले आफूलाई विवाहको तयारीले भ्याइनभ्याइ भएका कारण आउन ढिलो भएको मिडियालाई स्पष्ट पारिन् । 

कार्यक्रममा उनी आमा टोलीका केही सदस्यका साथ पुगेकी थिइन् । सोही अवसरमा उनले हालै आयुष्मानसँग मिलेर नयाँ घर किनेको समेत जानकारी दिइन् । 

‘म र आयुष्मानले मिलेर काठमाडौंमा घर किनेका छौं । घर सेटअपमा अहिले व्यस्त छु’ प्रियंकाले भनिन् ‘घर सेटअप के हो भन्ने मैले बल्ल थाहा पाएँ । त्यसैले अहिले मामुहरु मसँगै हर बखत हुनुहुन्छ ।’

बिवाहपछि प्रियंका आयुष्मानका साथ नयाँ घरमा सेटअप हुनेछिन् । घर कुन स्थानमा र कस्तो किनेको बारे उनले बताउन चाहिनन् । 

कार्यक्रममा प्रियंकाले विवाहका लागि पूरै समय दिन नयाँ फिल्मका अफरहरु समेत आफूले रिजेक्ट गर्ने गरेको गरेको जानकारी दिइन् । उनले अगाडि भनिन् ‘विवाह अगाडिसम्म म कुनै प्रोजेक्टमा आवद्ध हुँदिन ।’

प्रतिक्रिया दिनुहोस