सिजी ल्यान्डमार्कमा भ्यालेन्टाइन : फागुन २ र ३ गते भव्य सांगीतिक कार्यक्रम हुने

बुधबार, २९ माघ २०७६, १७ : ३५
सिजी ल्यान्डमार्कमा भ्यालेन्टाइन : फागुन २ र ३ गते भव्य सांगीतिक कार्यक्रम हुने

चितवन । चितवनको भरतपुरस्थित अत्याधुनिक एवं सुविधा सम्पन्न व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमा भ्यालेन्टाइन डेको अवसरमा विशेष कार्यक्रम हुने भएको छ । 

ल्यान्डमार्कका म्यानेजर उज्ज्वल केसीका अनुसार भ्यालेन्टाइन डेको अवसरमा फागुन २ र ३ गते उक्त मलमा लाइभ म्युजिक, फेसन सो लगायत रोमाञ्चक कार्यक्रमहरु हुनेछन् । 

केसीका अनुसार दुवै दिन अन्जु राना मगर लगायत स्थानीय ब्यान्ड ग्रुप ब्रदरहुड र ट्र्यांगलको लाइभ सांगीतिक प्रस्तुति रहनेछ । मल घुम्न आउने प्रेमिल जोडी र सर्वसाधारणलाई मनोरञ्जन दिलाउन बालबालिका, महिला र पुरुषको विन्डर फेसन पनि आयोजना गर्ने उनले जानकारी दिए । भ्यालेन्टाइन लभ डान्स, युगल डान्स र किड डान्स हेर्न पाइने मलमा दर्शकलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान पनि गरिनेछ । 

सिजी ल्यान्डमार्कले भ्यालेन्टाइन डेको अवसरमा आफ्ना ग्राहक, शुभचिन्तक लगायत सम्पूर्ण चितवनवासीलाई मनोरञ्जन दिलाउने उद्देश्यले कार्यक्रम आयोजनागर्न लागेको हो । 

दुई दिनसम्म चल्ने सांगीतिक एवं मनोरञ्जनात्मक कार्यक्रमको मज्जा लिन कुनै शुल्क नलाग्ने सिजी ल्यान्डमार्क द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हालसालै सञ्चालनमा आएको अत्याधुनिक तथा सुविधा सम्पन्न सिजी ल्यान्डमार्कमा विश्वविख्यात अन्तर्राष्ट्रिय ब्रान्डका आउटलेट, फुडकोर्ट, स्विमिङ पुल, अत्याधुनिक सिनेमाहल लगायत सुविधा छन् । 

प्रतिक्रिया दिनुहोस