जुगल गाउँपालिकाले भन्यो– कोरोना भाइरसको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिए

सफल खबर संवाददाता

बुधबार, २९ माघ २०७६, १० : ०६
जुगल गाउँपालिकाले भन्यो– कोरोना भाइरसको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिए

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले कोरोना भाइरसको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएको जनाएको छ । गाउँपालिकाले रोग पहिचान गर्न समेत 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएको गाउँपालिकाले जनाएको छ ।  गाउँपालिका–३ को गुम्बाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी भेटिएका गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । संक्रमित भेटिएको स्थान चीनसँगको सीमानजिकै पर्छ । गाउँपालिकाका अनुसार वडा नं ३ मा झन्डै १०० जनामा कोरोनाको लक्षण देखिएको छ । 

स्थानीय स्वास्थ्य चौकीको सम्पर्कमा पुगेका त्यस्ता बिरामीले औषधि सेवन गरे पनि निको भएको छैन । संक्रमित सबै बिरामी घरमै रहेको उनले जानकारी दिए ।

गाउपालिकाले स्वास्थ्य मन्त्रालयमा पठाएको पत्रमा बिरामीको रोगको पहिचानमा सघाइदिन आग्रह गरिएको छ । स्वास्थ्य मन्त्रालयले यसबारेमा औपचारिक जानकारी नआएको र हल्लामात्र सुनिएको जनाएको छ । 

सिन्धुपाल्चोक चीनसँग सीमा जोडिएको जिल्ला हो । यसअघि चीनबाट संक्रमण फैलन सक्ने भन्दै चीनसँग जोडिएको यहाँको तातोपानी नाका बन्द गरिएको थियो ।