प्रियंका र आयुष्मानको विवाहको मिति तय

पत्रपत्रिकाबाट

सोमबार, २७ माघ २०७६, १८ : २१
प्रियंका र आयुष्मानको विवाहको मिति तय

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाहको मिति तय भएको छ । प्रेममा रहेको लामो समय पछि टिकाटोलो गरेको यो जोडीले विवाहका विभिन्न मितिहरु सार्दै आएका थिए । 

अब भने यो जोडीले आगामी फागुन १७ मा लगन गाँठो कस्ने पक्का गरेका छन् । टिकाटालो गरेकाखे करिव २ वर्षपछि यो जोडी वैवाहिक बन्धनमा बाँधिन लागेको हो । प्रियंका कार्कीले थाइल्यान्डमा पुगेर केहिदिन अघि मात्रै ब्याचलर पार्टी गरेकी थिईन् । 

आयुष्मान र प्रियंकाले आफ्नो र परिवारको ग्रह कमजोर भएको कारण उचित लगन जुराएर मात्र विवाह गर्ने योजना बनाएका थिए । उनीहरूलाई ज्योतिषीले नै यो मितिमा विवाह गर्न सुझाव दिएको बताईएको छ । – कान्तिपुर साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस