चितवनका दुईसहित नौजना पत्रकार सम्मानित

शनिबार, २५ माघ २०७६, १८ : ०६
चितवनका दुईसहित नौजना पत्रकार सम्मानित

चितवन । लायन्स बाल क्यान्सर स्वास्थ्य दर्पण हेल्थ अवार्ड २०७६ बाट चितवनका दुईसहित नौजना पत्रकार सम्मानित भएका छन् ।

पत्रकारिताको माध्यमबाट स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको उच्च मुल्यांड्ढन गर्दै शनिबार भरतपुरमा आयोजित एक कार्यक्रमबीच चितवनका २ सहित ९ जना पत्रकार सम्मानित भएका हुन् ।

सम्मानित हुने चितवनका पत्रकारहरुमा सुर्य प्रसाद अधिकारी र सुबाश पण्डित रहेका छन् । यस्तै सात प्रदेशबाट सात पत्रकार र चितवनका दुई पत्रकार सम्मानित भएका हुन् । प्रदेशबाट लिलावल्लभ घिमिरे, प्रदेश दुईबाट बृजकुमार यादव, बाग्मती प्रदेशबाट दीपक आचार्य, प्रदेश ४ बाट होमराज रानाभाट रहेका छन् । यस्तै प्रदेश ५ बाट दिपेन्द्र बडुवाल, कर्णाली प्रदेशबाट चिरन्जिवी अर्याल र प्रदेश नम्बर ७ बाट उन्नती चौधरी सम्मानित भएका छन् । 

चार चिकित्सक र नर्स सम्मानित
लायन्स बाल क्यान्सर स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट चार चिकित्सक सम्मनित भएका छन् । सम्मानित हुने चिकित्सकहरुमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बाल क्यान्सर रोग बिशेषज्ञ डाक्टर कृष्णसागर शर्मा, डा. भोलाप्रसाद रौनियार, डा. प्रकाशराज न्यौपाने र डा. मदन कुमार पिया रहेका छन् । उनीहरुलाई क्यान्सर रोग उपचार र सेवामा उल्लेखनीय योगदान दिएको भन्दै सम्मानित गरिएको हो ।

संस्थागत रुपमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर ललितपुरलाई सम्मान गरिएको छ । यस्तै विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत नर्स सविना दाहाल पनि सम्मानित भएकी छिन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बि २ नेपालका द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर एम जे एफ लायन रामप्रसाद भट्टले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस