आमालाई मृत्युअघि बाई गरेको फोटो उत्कृष्ट

सफल खबर संवाददाता

शनिबार, २५ माघ २०७६, १२ : १६
आमालाई मृत्युअघि बाई गरेको फोटो उत्कृष्ट

काठमाडौं । दुई वर्षकी बालिकाले आमालाई मृत्युअघि बाई गरेर हात हल्लाएको फोटो उत्कृष्ट भएको छ । फोटो पत्रकार क्लबको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको आइएमई–ग्लोबल–आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ मा मृत्युअघि बालिकाले आमालाई बाई गरेको फोटो उत्कृष्ट भएको हो । फोटो पत्रकार नभेष चित्रकारले आमालाई मृत्युअघि बाई भनेको फोटो खिचेका हुन् । 

चित्रकारले खिचेको हाइड्रोसेफालुस रोगका कारण ज्यान गुमाएका रौतहट बरियारपुरका दुई वर्षीय बजरंगी मिश्रले आफ्नी आमालाई मृत्युअघि हात हल्लाउँदै गरेको अवस्थामा खिच्न सफल भएका थिए । यो फोटो उत्कृष्ट फोटो घोषित भएसँगै चित्रकारले नगद १ लाख रुपैयाँ पुरस्कार जितेका छन् । उनले अन्य दुई विधामा प्रथम र एउटा विधामा तेस्रो स्थान हात पारेका छन् ।

यसैगरी सुरज श्रेष्ठको फोटो नेपाल स्माइल, गोपेन राईको फोटो डेली लाइफ विधामा उत्कृष्ट घोषित भए । दिपेन श्रेष्ठले न्युज विधा, नभेष चित्रकारले नेचर एन्ड वाइल्ड लाइफ र सुबीर थापाले कल्चर एन्ड टुरिजम विधामा उपाधि जिते ।

त्यस्तै स्पोर्टस् विधाको उपाधि विकास द्वारेले जिते भने फोटो स्टोरीमा नभेष चित्रकारको फोटो प्रथम भयो ।

डेली लाइफमा रोविक उपाध्यायको फोटो दोस्रो तथा सुरज ताम्राकारको फोटो तेस्रो भयो । न्युज विधामा एलिट जोशीको फोटो दोस्रो तथा केशव थापाको फोटो तेस्रो भयो ।

नेचर एन्ड वाइल्ड लाइफमा दिपेन श्रेष्ठको फोटो दोस्रो र दीपक बुढाथोकीको फोटो तेस्रो भयो । ‘कल्चर एन्ड टुरिजममा प्रमिन मानन्धरको फोटो दोस्रो र रोविक उपाध्यायको फोटो तेस्रो भयो । स्पोर्टसमा सुनिता डंगोलको फोटो दोस्रो तथा दिनेश गोलेको फोटो तेस्रो भयो ।

नेपाल स्माइलमा सुलभभक्त श्रेष्ठको फोटो दोस्रो र नभेष चित्रकारको फोटो तेस्रो भयो । त्यस्तै फोटो स्टोरीमा रोविक उपाध्यायको फोटो दोस्रो र चन्द्रबहादुर आलेको फोटो तेस्रो भयो ।

उत्कृष्ट फोटो चयनका लागि एजेन्स फ्रान्स प्रेस ९एएफपी० का साउथ एसिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षता रहेको निर्णायक मण्डलमा रहेको थियो । जसमा वरिष्ठ फोटोग्राफर मणि लामा, वरिष्ठ फोटो पत्रकार विकास रौनियार, किम्फका निर्देशक तथा वरिष्ठ पत्रकार रम्यता लिम्बु, वरिष्ठ लेखक तथा डकुमेन्ट्री निर्माता शेखर खरेल र वरिष्ठ फोटो पत्रकार एवम् क्लबका निवर्तमान अध्यक्ष प्रकाश माथेमा रहेका थिए । निर्णायक मण्डलले विजेतासहित प्रदर्शनीको लागि उत्कृष्ट १ सय ७६ फोटोहरु छानेको छ ।

प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ  प्राप्त गरेका छन् । प्रतियोगितामा छानिएको उत्कृष्ट १ सय ७६ फोटोहरुको प्रदर्शनी काठमाडौंमा यही फागुन १८ देखि २३ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा र काठमाडौंबाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा गरिने फोटो पत्रकार क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस