अज्ञात समूहद्वारा सिन्धुपाल्चोकमा प्रहरी चौकी आक्रमण

सफल खबर संवाददाता

शनिबार, २५ माघ २०७६, ०८ : ००
अज्ञात समूहद्वारा सिन्धुपाल्चोकमा प्रहरी चौकी आक्रमण

सिन्धुपाल्चोक । अज्ञात समूहले सिन्धुपाल्चोकको एक प्रहरी चौकीमा गएराति आक्रमण गरेको छ ।  सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा आक्रमण भएको हो ।

आक्रमणबाट प्रहरी चौकीका इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हबल्दार हरिबहादुर मगर घाइते भएका छन् । राति साढे १ बजेतिर दुई दर्जनको हाराहारीमा आएका समूहले आक्रमण गरेको बताइएको छ ।

सो समूहले चौकीमा अन्दाधुन्द ढुंगामुढा गरेको  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले बताए ।  सो क्रममा प्रहरीले  ४ राउण्ड हवाइ फायर गरेको थियो । प्रहरीले आक्रमणमा संलग्न रहेको आशंकामा एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस