वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महाभियोग प्रक्रियाबाट मुक्त हुनुभएको छ । अमेरिकाको माथिल्लो सदन सिनेटमा बुधबार भएको मतदानपछि राष्ट्रपति ट्रम्पले महाअभियोगबाट मुक्ति पाउनु भएको हो ।
आफ्नो राजनीतिक स्वार्थका लागि विदेशी शक्तिमाथि आफ्ना सम्भावित चुनावी प्रत्यासी जोन बाइडेनविरुद्ध भ्रष्टाचारको छानबिन गर्न दिएको आरोपमा ट्रम्पमाथि महाअभियोगको प्रत्रिया अगाडि बढेको थियो । 
राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदन ‘हाउस अफ् रेप्रिजेन्टेटिभ्स’ बाट भने पारित भएको थियो । हाउस अफ् रेप्रिजेन्टेटिभ्सबाट अर्थात तल्लो सदनबाट महाभियोग प्रक्रियाको सामना गर्ने ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति हुनुभएको अमेरिकी सञ्चारमाध्यम बताउँछन् ।
महाअभियोग प्रस्तावमा ट्रम्पले शक्तिको दुरुपयोग गर्नुभएको भन्ने पक्षमा ४८ मत परेको थियो । तर विपक्षमा ५२ मत परेको थियो । 
त्यस्तै अमेरिकी संसद् अवरुद्ध गरेको आरोपमा पनि पक्षमा ४७ मत र विपक्षमा ५३ मत प्राप्त भएको थियो । एक सय सदस्य रहेको अमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत रहेको छ ।
अमेरिकी सिनेटमा रिपब्लिकनका ५३, डेमोक्र्याटका ४५ र स्वतन्त्रका २ सदस्य रहेका छन् । राष्ट्रपति विरुद्धको महाभियोग पारित गर्न कम्तीमा पनि ६७ मतको आवश्यकता पर्छ । 
महाभियोगको हल्लाविरुद्ध अमेरिकी जित भएको दाबी राष्ट्रपति ट्रम्पले गर्नुभएको छ । यस विषयमा उहाँले बिहीबार सम्बोधन गर्ने समाचारमा जनाइएको छ । (रासस/एएफपी) 
                                                                                                                
                                                    
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २३ माघ २०७६, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि ट्रम्पको घोषणा
ट्रम्पद्वारा क्यानाडासँगको सबै व्यापार वार्ता तत्काल समाप्त
ह्वाइट हाउसमा ट्रम्पले बाले दियो, मनाए दिपावली
ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता, ‘ठूलो प्रगति’ भएको ट्रम्पको भनाइ
रुसी तेल नकिन्न मोदी सहमत भएको ट्रम्पको दाबी
इजिप्टमा ट्रम्पले गरे गाजा शान्ति योजनामा हस्ताक्षर