काठमाडौँ । ललिता निवास प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसभापति विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि नेपाली काँग्रेसले कानुन व्यवसायीहरुसँग बसेर छलफल गरेको छ ।
आज विहीबार विहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पार्टी पदाधिकारी र पार्टी निकट कानुन व्यवसायीबीच छलफल भएको हो । बैठकाबाट काँग्रेसले गच्छदारविरुद्ध दायरमुद्दाको विषयमा पार्टीका साथै भ्रातृ संस्थाहरुलाई संघर्षमा उतार्ने रणनीति लिएको छ ।
सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति गच्छदार, महामन्त्री शशांक कोइराला,कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, मिनेन्द्र रिजाल, बालकृष्ण खाँण, पुष्पा भुषाल, ज्ञानेन्द्र कार्की, सुरेन्द्र पाण्डे र सरिता प्रसाई छलफलमा उपस्थित थिए ।
कानुन व्यवसायीका तर्फबाट डेमोक्रेटिक लयर्स एसोशिएसन ९डिएलए०का अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, पूर्वअध्यक्ष भरतप्रसाद खरेल, कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएशन महासचिव लिलामणि पौडेल र बारका पूर्व अध्यक्ष शेरबहादुर केसी, प्रेमबहादुर खड्का, गोपालकृष्ण घिमिरे, सीताराम केसी र एकराज पोखरेल छलफलमा सहभागी थिए ।
छलफलमा उनीहरुले सरकारसँग बुझ्ने र अदालत जाने बाटो खुला रहेको सुझाव दिएका थिए । त्यसका लागि कसरी जाने भन्ने बारेमा संविधान, कानुन अध्ययन गरेर थप सुझाव दिने बताएका थिए ।
पार्टी कार्यालय सानेपामा आज सवा चार बजे पत्रकार सम्मेलन गरी यस विषयमा थप जानकारी गराउने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ माघ २०७६, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल
प्रतिनिधिसभा बैठकको ‘ग्याप’मा केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी