गच्छदारलाई मुद्दा लागेपछि कांग्रेसमा छटपटी, आकस्मिक बैठक

सफल खबर संवाददाता

विहीबार, २३ माघ २०७६, ११ : ५४
गच्छदारलाई मुद्दा लागेपछि कांग्रेसमा छटपटी, आकस्मिक बैठक

काठमाडौँ । ललितानिवास प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसभापति विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आकस्मिक पदाधिकारी बैठक बसिरहेको छ ।  कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको आकस्कि छलफलमा काँग्रेस निकट कानुन व्यवसायीको पनि सहभागिता रहेको छ ।
सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार काँग्रस नेताहरु आज बिहान १० बजेबाट कांग्रेसका नेताहरु आकस्मिक छलफलमा जुटिरहेका छन् । सभापति निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरू भेला भएर छलफल गरिरहेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
नेपाली कांग्रेस पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ९अदुअआ० ले ललिता निवास जग्गा हिनामिना प्रकरणमा दर्ता गरेको मुद्दाले संशय उब्जाएको बताएका छन् ।

आफ्नो पार्टीका उपसभापति समेत रहेका पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायत १७५ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि पौडेलले यस्तो प्रतिक्रया जनाएका हुन ।

‘अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा दायर गरेको मुद्दाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको छ’ पौडेलले समाजिक सञ्जालमा ट्विट गरेका छन्, ‘लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाई कतै पुरा हुने त होइन ।’


 

प्रतिक्रिया दिनुहोस