चितवनको भरतपुर विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना

बुधबार, २२ माघ २०७६, १० : ४६
चितवनको भरतपुर विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना

चितवन । चितवनको भरतपुर विमानस्थलमा कोरोना भाइरसको संक्रमण हुन नदिनलाई ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ । भरतपुर महानगरपालिका, भरतपुर नागरिक उडड्यन कार्यालय र स्वास्थ्य कार्यालय चितवनको समन्वयमा भरतपुर विमानस्थलमा ‘हेल्थ डेस्क’ राखिएको छ । 

‘कोरोना भाइरसको संक्रमण हुन नदिन समग्र चितवन जिल्लालाई नै सुरक्षित बनाउन भरतपुर विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको हो’ भरतपुर महानगर प्रमुख रेनु दाहालले बताउनु्भयो । उहाँका अनुसार हेल्थ डेस्कमा स्वास्थ्कर्मीहरुले शंकास्पद व्यक्तिलाई विशेष निगरानी राख्ने छन्, आवश्यक परेको खण्डमा स्वास्थ्य जाँचसमेत गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस