बालुवाटारमा प्रधानमन्त्रीले बाँसुरी बजाउँदा चीनको उहानमा अत्यासिएका नेपालीको मन चिथोरिए ! पढ्नुस पत्र..

सफल खबर संवाददाता

बुधबार, २२ माघ २०७६, १० : २५
बालुवाटारमा प्रधानमन्त्रीले बाँसुरी बजाउँदा चीनको उहानमा अत्यासिएका नेपालीको मन चिथोरिए ! पढ्नुस पत्र..

काठमाडौं । चीनको उहानबाट घर फर्कन चाहेका नेपालीहरु कहिले स्वदेश फर्किने विषय अन्यौल हुंदा मर्कामा परेका छन् ।  

उनीहरुले आफुहरुलाई स्वदेश फर्काउने विषयमा सरकार गम्भीर बन्न नसकेको आरोप समेत लगाएका छन् । उहानमा रहेका विद्यार्थीहरुले भने छिटो घर फकाईदिन सरकार समक्ष अपिल गरेका छन् । 

यसैबिच मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले बाँसुरी र पूर्व दुई जना पुर्व प्रधानमन्त्री माधव नेपाल र झलनाथ खनालले सारंगी रेटेको तस्विर सार्वजनिक भएपछि उहानका विद्यार्थीहरुले प्रधानमन्त्रीलाई सम्बोधन गरेर ह्दयविदारक पत्र लेखेका छन् । 

उनीहरुले देशको वागडोर सम्हालेकाहरु रातभर मस्त निन्द्रामा सुत्ने र यता हामी त्यही नेताहरुले बजाईरहेको बाँसुरी हेरेर मन चिथोरि रहेको भन्दै अत्यासिएको पत्र प्रधानमन्त्रीको नाममा कोरेका छन् ।
 
हेर्नुहोस उनीहरुको पत्र 

प्रतिक्रिया दिनुहोस