अब बामदेव गौतम नेकपाका उपाध्यक्ष

सफल खबर संवाददाता

आइतबार, १९ माघ २०७६, १६ : १७
अब बामदेव गौतम नेकपाका उपाध्यक्ष

काठमाडौँ । बामदेव गौतम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्ष बनेका छन् । सो पार्टीको केन्द्रीय समिति बैठकले सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गरेसँगै नेता गौतम उपाध्यक्ष बनेका हुन् । 

यसअघि सो पार्टीको विधानमा दुई अध्यक्ष र एक महासचिवको व्यवस्था गरिएपनि उपाध्यक्षको व्यवस्था थिएन । गत साउन अन्तिम साता बसेको सचिवालय बैठकले विधान संशोधन गरेर उपाध्यक्ष पद सिर्जना गर्ने निर्णय गरेको थियो । सो प्रस्ताव स्थायी समिति बैठकले पनि पास गरेको थियो । 

स्थायी समितिले सचिवालयको उक्त प्रस्ताव पास गर्दै केन्द्रीय समितिबाट अनुमोदन गर्ने निर्णय गरेको थियो । सोही अनुसार उक्त प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गरिएको थियो । हाल गौतम नेकपाको संगठन विभाग प्रमुख छन् ।

प्रतिक्रिया दिनुहोस