नेकपाका गाउँपालिका अध्यक्ष मकुन्डोधारी समूहबाट गम्भीर घाइते

सफल खबर संवाददाता

शुक्रबार, १७ माघ २०७६, १६ : ४७
नेकपाका गाउँपालिका अध्यक्ष मकुन्डोधारी समूहबाट गम्भीर घाइते

डडेलधुरा ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आलिताल गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र जोशीमाथि कुटपिट भएको छ । 

शुक्रवार पार्टी काममा खटिएको बेला अपहरणमा परेका जोशी गम्भीर घाइते अवस्थामा फेला परेका नेकपा डडेल्धुराले जनाएको छ ।

नेकपा डडेल्धुराका सचिव वीरेन्द्रकुमार बस्नेतले प्रेस विज्ञप्ति जारी गर्दै आलिताल गाउँपालिका–३ को वडा कमिटी बैठकमा सहभागी हुन जानेक्रममा वडाकै चौरबण्डमा मुकुण्डोधारी समूहले जोशीको अपहरण गरी कुटपिट गरेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस