गुठी संस्थानका प्रमुख प्रशासकसहित तीन जनाविरुद्ध मुद्दा

पत्रपत्रिकाबाट

बुधबार, १५ माघ २०७६, ०६ : ५७
गुठी संस्थानका प्रमुख प्रशासकसहित तीन जनाविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानंका प्रमुख प्रशासक नारायण चौधरी र उप-प्रशासक जयप्रसाद रेग्मीविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

चौधरी र रेग्मीले काठमाडौं–१ स्थित गुठीको जग्गा गुठीमै कायम गर्न सेवाग्राहीसित ८ लाख रुपैयाँ घूस लिएको र पछि सेवाग्राहीकै निजी खातामा फिर्तासमेत गरेको छानबिनबाट पुष्टि भएकाले उनीहरू विरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

अख्तियारले मंगलबार नै पूर्वाधार विकास कार्यालय ३ नं. प्रदेश ललितपुरका लेखा अधिकृत विष्णुहरि पुडासैनी विरुद्ध समेत विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।पुडासैनीले सडक निर्माणको टेन्डर सम्झौतापछि मोबिलाइजेसन पेश्की लिन आएका सेवाग्राहीसँग २२ हजार रुपैयाँ घूस लिएको छानबिनबाट पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ। कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस