विप्लवको आर्थिक नीति : चार महिना चन्दा उठाउने, त्यसपछि एक वर्ष उठाउनै बन्द गर्ने

ऋण लिएर पार्टी नचलाउने र उठेका रकम सबै खर्च गर्ने चलन बन्द गर्नुपर्ने विप्लवको पार्टी नेता –कार्यकर्तालाई गोप्य निर्देशन

सफल खबर संवाददाता

मंगलबार, १४ माघ २०७६, ०९ : ४४
विप्लवको आर्थिक नीति : चार महिना चन्दा उठाउने, त्यसपछि एक वर्ष उठाउनै बन्द गर्ने

काठमाडौं । प्रतिबन्धित दल नेत्रविक्रम चन्द (विप्लव)को पार्टीले चार महिना चन्दा उठाउने र एक वर्ष बन्द गर्ने नीति अख्तियार गरेको छ । अहिले उसले विशेष अर्थिक अभियानका नाममा चन्दा अभियान तिव्र बनाईरहेको छ । आर्थिक अभियानको जिम्मा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई दिएको छ । उनी आफु निकट ब्यक्तीहरुमार्फत अहिले अािर्थक अभियान संकलनमा जुटेका छन् ।

यो बीचमा नेकपाले करिव १० करोड रुपैया आर्थिक सा्रेत जुटाईसकेको प्रारम्भिक रिपोर्ट नेकपाको केन्द्रीय कार्यालयमा पुगेको छ । केपी सरकार र फाँसिष्ट गुटले पार्टीलाई चौतर्फी नाकाबन्दी गर्ने चालबाजी गरेको र त्यो चालबाजीलाई बझुेर पार्टीले अहिले  नै आर्थिक अभियान तिव्र गतिमा चलाउनु पर्ने निश्र्कष निकालेको हो ।

उसको पछिल्लो राजनीतिक दस्तावेजमा पनि यस बारेमा उल्लेख गरिएको छ । ‘तत्कालको संभावना र पार्टीको आवश्यकतालाई ध्यान दिएर चार महिने विशेष आर्थिक अभियान चलाइएको छ । पार्टी र्भखरै मात्र प्रवेश गरेकोले समग्र रिपोर्ट आइसकेको छैन तर पार्टीले राम्रो पहल लिएको खण्डमा स्थिति सकारात्मक नै हुनसक्ने देखिन्छ ।’ विप्लवको राजनीतिक दस्तावेजमा उल्लेख छ ।

सरकारले आर्थिक नाकाबन्दी गर्नका लागि उद्यमी, व्यवसायी, व्यापारी, सहयोग दाताहरुलाई आफनो पार्टीलाई सहयोग नगर्न मात्र भनेको छैन, गरेमा कार्यवाही गर्ने धम्की दिने गरेको भन्दै विप्लवले आफनो दस्तावेजमा अगाडी लेखेका छन्, –‘उसको आर्थिक नीति नाकाबन्दी र दमन भन्ने छ । तर नेता, कार्यकर्ता, जनतालाई अर्थ उत्पादनमा सहभागी बनाउने योजनाहरुको विकास उसको यो नीतिमा वामपन्थी, देशभक्त, भिन्न उद्योगी व्यवसायीहरु सहमत भएका छैनन् ।

हामीले यस नीतिलाई परास्त गर्न मित्रहरुसँग सहयोग र आफ्नै आर्थिक उत्पादनको तरिकालाई विकास गर्नु पर्दछ ।  यसका लागि सबै कमिटीहरुले आत्मनिर्भर अर्थसम्बन्धको विकासमा निरन्तर जोड दिनुपर्दछ । पार्टीको संस्थागत पूँजीलाई बलियो बनाउँदै निजी पूँजीमा पनि उचित ध्यान दिनु पर्दछ । जुन अर्थसम्बन्धबारे यस अगाडि नै आर्थिक दृष्टिकोण पनि पठाइसकिएको छ ।’

चार महिने आर्थिक अभियानलाई प्रभावकारी बनाउन अभियानको अवधिभित्र उसले पार्टी कमिटी, जवस र मोर्चाहरु सबैलाई सक्रियतापूर्वक आ–आफ्नो तोकिएका क्षेत्रमा सक्रिय बनाएको छ । यो अभियान पछि उसले एक वर्ष आर्थिक चन्दा अभियान पूरा रुपमा रोक्नु पर्ने पनि विप्लवको दस्तावेजमा छ । ‘अभियानको समापनपछि आर्थिक चन्दा संकलन एक बर्षका लागि रोक्नु पर्दछ ।’ विप्लवले भनेका छन् ।

पार्टीका नामबाट पैसा उठाउने तर निजी या केही ग्रुप मिलेर जथाभावी खर्च गर्ने तरिका बढेको भन्दै उनले त्यसलाई पुरै रोक्ने र कमिटीको निर्णय अनुसार र संस्थागत उत्पादनका लागि मात्र त्यसलाई प्रयोग गर्नु पर्ने पनि बताएका छन् । आर्थिक अनुशासन उलङ्घन गर्ने माथि तुरुन्तै कार्यवाही चलाउने पनि विप्लवले आफ्नै पार्टी नेता कार्यकर्तालाई चेतावनी दिएका छन् ।  

आगामी दिनमा ऋण लिएर पार्टी नचलाउने र उठेका रकम सबै खर्च गर्ने चलन बन्द गर्नुपर्ने पनि विप्लवको पार्टी नेता कार्यकर्तालाई निर्देशन छ । 
 

प्रतिक्रिया दिनुहोस