देशभरका शिव मन्दिरहरुमा भक्तजनहरुको भिड (फोटोफिचर)

मंगलबार, ०१ फागुन २०७४, १४ : ४०
देशभरका शिव मन्दिरहरुमा भक्तजनहरुको भिड (फोटोफिचर)

तस्बिर : रासस

महाशिवरात्रीको अवसरमा देशभरका शिव मन्दिरहरुमा भक्तजनहरुको भिड लागेको छ ।

फागुन कृष्ण त्रियोदशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने भगवान शिवको अति प्यारो दिनका रूपमा लिइन्छ। यस पर्वका दिन उपवास बसी रातभर जाग्राम गरेर शिवको प्रिय गाईको दूध, धतुरो र बेलपत्र चढाएमा सर्वसिद्धी लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ।

आजका दिन भगवान शिवलाई जाडो नहोस् भन्नका लागि प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा बालेर धुनी जगाउने गरिन्छ।

 


 

प्रतिक्रिया दिनुहोस