पूर्वसभासद् इच्छाराज तामाङ फन्दामा

पत्रपत्रिकाबाट

सोमबार, १३ माघ २०७६, ०७ : ४५
पूर्वसभासद् इच्छाराज तामाङ फन्दामा

 काठमाडौं ।  व्यवसायी तथा पूर्वसभासद् इच्छाराज तामाङको सम्पत्ति छानबिनका लागि रोक्का भएको नयाँ पत्रिका दैनिकमा समाचार छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत बिहीबार उनको नाममा रहेको अधिकांश सम्पत्ति रोक्का राख्न विभिन्न निकायलाई पत्राचार गरेको छ ।

सत्तारुढ नेकपानिकट व्यवसायी तामाङ सिभिल बैंकका अध्यक्ष र सिभिल होम्सका सञ्चालक हुन् । उनले सिभिल सहकारीसमेत चलाउँदै आएका छन् । उनको केही बैंक खाता पनि रोक्का गरिएको छ । विस्तृत अनुसन्धानको क्रममा मुद्दा नै चलाउनुपर्ने अवस्था देखिएकाले सम्पत्ति रोक्का राखिएको स्रोत बताउँछ । विभागले उनलाई बयानका लागि बोलाउने तयारी गरेको छ ।

गत असोजदेखि तामाङमाथि विभागले अनुसन्धान अधिकृत नै तोकेर विस्तृत अनुसन्धान थालेको हो । उनको धेरै सम्पत्तिको स्रोत खुल्ने आधार नभेटिएपछि रोक्का राखिएको विभागका एक अधिकारीले बताए ।

हालसम्मको छानबिनमा उनीसँग करिब ६० करोडबराबरको सम्पत्ति भेटिएको स्रोत बताउँछ । विभागको अनुसन्धानमा सहकारीको ९० प्रतिशतभन्दा धेरै रकम नियमविपरीत आफ्नो कम्पनीको नाममा लिइएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस