काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपीडितको पुनःनिर्माण भएको घरको निर्माण सम्पन्न भएको कागजात बनाउने क्रममा घुस मागेको अभियोगमा पुनःनिर्माण प्राधिकरणका सबइञ्जिनीयर प्रकाश तिवारीलाई पक्राउ गरेको छ ।
आयोगको इटहरीबाट गएको टोलीले तिवारीलाई भोजपुर नगरपालिका–७ मा रहेको प्रधान होटलबाट रु छ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको हो । अभियुक्त तिवारीले सेवाग्राहीसँग प्रमाणपत्र चाहिने भए घुस दिनुपर्ने बताएको जनाइएको छ । आरोपी तिवारीमाथिा अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
यस्तै आयोगले नेपाल विद्युत् प्राधिकरणका ज्यालादारीमा कार्यरत कृष्णमुरारी चौधरीलाई रु २५ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । बिजुलीको खम्बा राखिदिने बहानामा सेवाग्राहीसँग चौधरीले रु २५ हजार घुस मागेको अभियोग लागेको छ । आयोगको टङ्गाल कार्यालयबाट गएको टोलीले घुस लिँदै गरेको अवस्थामा कामपा–१४ बाट उनलाई पक्राउ गरेको हो । आयोगले चौधरीलाई बिहीबार पक्राउ गरेको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १० माघ २०७६, १९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ