नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, १० माघ २०७६, १९ : ०३
नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । स्वास्थ्य परीक्षण गर्दा चीनबाट नेपाल आएका एक विद्यार्थीलाई कोरोना भाइरसले संक्रमण गरेको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

विज्ञहरूले श्वासप्रश्वासबाट यो भाइरस अर्को व्यक्तिमा सङ्क्रमण हुने बताएका छन् ।