‘कोरोना’ भाइरसको संक्रमण फैलन नदिन चीनस्थित वुहान शहरको सार्वजनिक यातायात र उडानहरु स्थगित

चीनमा यसको संक्रमणबाट १९ जनाको ज्यान गयो, ५ सय बढी संक्रमित

विहीबार, ०९ माघ २०७६, १० : १६
‘कोरोना’ भाइरसको संक्रमण फैलन नदिन चीनस्थित वुहान शहरको सार्वजनिक यातायात र उडानहरु स्थगित

काठमाडौं । कोरोना भाईरसको संक्रमण अन्य क्षेत्रमा फैलन नदिन चिनले वुहान सहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरेको छ। श्वाप्रश्वास सम्बन्धी समस्या उत्पन्न गराउने भाइरसको रुपमा यसको संक्रमण अन्य शहरहरुमा फैलिन नदिन चिनले यो कदम चालेको हो । 

कोरोनाभाइरसको सङ्क्रमणबाट चिनियाँ सहर वुहानबाट अन्यत्र फैलिइसकेको छ। पाँच सयभन्दा बढी मानिसहरू प्रभावित भइसकेका छन् भने कैयौँको ज्यान गइसकेको छ। कोरोनाभाइरसको पछिल्लो सङ्क्रमण चीनको वुहान सहरको एक बजारमा जनावरबाट सुरु भएको स्थानिय अधिकारीहरुको बताउछन् ।

अहिले चिनियाँ अधिकारीहरूले वुहान सहरका दशौँ लाख बासिन्दालाई जरुरी काम नभई शहर नछोड्न निर्देशन जारी गरेका छन् । चिनमा बिहीवार बिहानदेखि लागु हुने नयाँ नियम चिनियाँ नयाँ वर्षको बिदाको अवसरमा कार्यान्वयनमा आउन लागेको छ।

यो बेला दशौँ लाख चिनियाँहरू आफ्नो जन्मथलो फर्कने गर्छन्। कोरोनाभाइरसको सङ्क्रमणबाट अहिलेसम्म चिनमा १७ जनाको ज्यान गइसकेको छ ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस एड्हनोम गुब्रोहयसोसले चिनियाँ कदमको स्वागत गरेका छन्।

उनले भनेका छन्, ‘जनस्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने भन्ने निर्णयलाई म निकै गम्भीर मान्छु । सबै प्रमाणहरूबारे विचारविमर्श नगरी त्यसो गर्नु उचित हुँदैन।’ उनले अहिले एक टोलीले चीनमा आवश्यक प्रमाणहरू जुटाइरहेको बताए। 

कोरोनाभाइरसले उत्पन्न गरेको चिन्ताबीच त्यो समस्यासँग जुझ्न विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा डब्लूएचओले बिहीवार दोस्रो बैठकको आयोजना गरेको छ । यो भाईरसको संक्रमण चिनसंगै अमेरिका, दक्षिण कोरिया लगायतमा देशमा पनि देखा पर्न थालेको छ । (बिबिसी)

प्रतिक्रिया दिनुहोस