बिहेको तयारी हुँदै गर्दा बेहुलाका पिताले बेहुलीकी आमा भगाएपछि...

एजेन्सी

बुधबार, ०८ माघ २०७६, १४ : ५४
बिहेको तयारी हुँदै गर्दा बेहुलाका पिताले बेहुलीकी आमा भगाएपछि...

भारत । बिहेभन्दा पहिल्यै बेहुलाका पिताले बेहुलीकी आमा भगाएका छन् । यो घटना भारतको गुजरातको सूरत जिल्लामा भएको हो ।

भारतीय मिडिया आजतकमा आएको समाचार अनुसार यहाँ फेब्रुअरीमा एक जोडीको बिहे हुनेवाला थियो । तर, बिहेभन्दा पहिल्यै बेहुलाका पिताले बेहुलीकी आमा भगाइदिए । घटनापछि दुवै परिवारमा विवादसमेत भएको छ । हुनेवाला जोडीको विवाह तोडिएको छ । यी दुईको विवाह १ वर्ष पहिले तय भएको थियो । 

सूरतको काटरगामका युवकको बिहे नवसारीकी युवतीसँग हुनेवाला थियो । पुलिसका अनुसार बिहेको ठिक एक महिना अगाडि बेहुलीकी आमा घरबाट बेपत्ता भइन् । धेरै खोज्दा पनि नभेटेपछि परिवारले पुलिसमा गएर बेपत्ता भएको रिपोर्ट लेखाए । जाँचमा बेहुलाका पिता पनि त्यही दिनदेखि बेपत्ता भएको खुलासा भयो । भागेका दुवै अहिलेसम्म भेटिएका छैनन् । 

दुवै परिवारका अनुसार बेहुलाका पिता र बेहुलीकी आमाबीच पहिल्यैदेखि चिनजान थियो । भागेर गएका उनीहरुले बिहे गरिसकेको हुन सक्ने परिवारको आशंका छ ।
 

प्रतिक्रिया दिनुहोस