ह्यूस्टन । अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतबार राती भएको एक गोलीकाण्डमा दुई व्यक्ति मारिनुका साथै अन्य पाँच घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।
सान एन्टोनियोका प्रहरी प्रमुख विलियम म्याकमानुसले सञ्चार माध्यमलाई बताएअनुसार व्यक्तिहरूको समूहबीच भएको झगडामा एकजना व्यक्तिले बन्दुक निकालेर गोली हान्न शुरु गरेका थिए ।
विवाद शुरु भएपछि नै परिस्थिति जटिल बनेको र प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको विलियमले बताउनु भएको छ । (रासस/सिन्हवा)


प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०६ माघ २०७६, १७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या
काठमाडौँको मूलपानीमा लुटेरामाथि गोली प्रहार
मिसिसिपी गोलीकाण्डमा ६ जनाको मृत्यु
सुनसरीमा गोली लागेर एक जनाको मृत्यु
सिड्नी बन्डी बिच गोलीकाण्ड : आक्रमणकारी बाबु छोरा रहेको खुलासा
अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीकाण्ड, २ जनाको मृत्यु