प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार

सफल खबर संवाददाता

आइतबार, ०५ माघ २०७६, १६ : ०३
प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका छन् । आइतबार मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना राज्यमन्त्री थप गरेका हुन् । 

थपिएका राज्यमन्त्रीहरुमा ओखलढुङगाका अम्बिरबाबु गुरुङ, इलामका रामवहादुर मगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वासलाई नियुक्त गरेका हुन् । 

गुरुङलाई भौतिक पुर्वाधार, गजमेरलाई सामाजिक विकास, मगरलाई कृषि तथा सहकारी र विश्वासलाई पर्यटन राज्मन्त्रीको जिम्मेवारी दिइएको छ । योसँगै प्रदेश एकको मन्त्रिपरिषद् सदस्य संख्या नौ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस