शाकाहारी भोजनले स्तन क्यान्सरको जोखिम कम गराउँछ

सफल खबर संवाददाता

शनिबार, ०४ माघ २०७६, १२ : ५३
शाकाहारी भोजनले स्तन क्यान्सरको जोखिम कम गराउँछ

काठमाडौँ । अनुसन्धानले शाकाहारी भोजन ग्रहणले स्तन क्यान्सरको जोखिमसमेत कम हुने पुष्टि गरेको छ ।

शुद्ध शाकाहारी भोजन गर्ने व्यक्तिलाई मुटु रोग, पेट तथा फोक्सोको क्यान्सर हुने सम्भावना कम हुने अनुसन्धानले देखाएको छ । 

अमेरीकन मेडिकल एसोसिएसनको इन्टरनल मेडिसिन जर्नलमा ७० हजार मानिसमाथि गरिएको अनुसन्धानले शाकाहारी भोजनले स्तन क्यान्सरको जोखिम कमदेखि मृत्युदर घटाउनसम्म सहयोग गर्ने पुष्टि गरेको छ ।  

अनुसन्धानको निष्कर्ष भनिएको छ– शाकाहारी भोजनले मेटाबोलिन सिन्ड्रोम, उच्च रक्तचाप, इसेमिक हर्ट डिजिज, मधुमेहलगायतका कैयौं दीर्घ रोगको सम्भावना कम गराउँछ । 

मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ । शाकाहारी भोजनमा रोगसँग लड्ने क्षमता पनि हुन्छ ।

शाकाहारी भोजनले यसले मानिसलाई बुद्धिमान बनाउँछ । तरकारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिडजस्ता अति आवश्यक तत्व पाइन्छन् । शाकाहारी भोजनमा प्रोटिन, कार्बोहाइड्रेटजस्ता तत्व पाइन्छन्, जो स्वास्थ्यका लागि लाभदायी मानिन्छन् ।

यस्तै, फाइबर, क्यालोरी, भिटामिन पाइन्छन्, जसले विभिन्न रोगबाट मानिसलाई बचाउँछ । 
मिर्गौलाको समस्या भएकालाई पनि शाकाहारी भोजन लाभदायी हुन्छ । यसले मानिसको आयु लम्ब्याईदिन्छ ।

शाकाहारीमा मुटुमा रगत प्रवाह गर्ने धमनीसँग सम्बन्धित समस्या हुने सम्भावना कम हुन्छ । उनीहरुमा कुल तरल कोलेस्टेरोल तथा कम घनत्ववाला लिपोप्रोटिन कोलेस्टेरोलको मात्रा कम पाइन्छ । 

उच्च रक्तचाप मांसाहारीको तुलनामा शाकाहारीलाई कम हुन्छ ।  शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ । पिसाबद्वारा प्रोटीन निस्कनु, कोशिकाद्वारा रगत छान्ने गति, रक्तसञ्चार तथा मिर्गौलासँग सम्बन्धित विकार मांसाहारीको तुलनामा शाकाहारीमा कम पाइन्छ ।

प्रतिक्रिया दिनुहोस