झरीले आज खिचरा महोत्सव स्थगित

शुक्रबार, ०३ माघ २०७६, १२ : २३
झरीले आज खिचरा महोत्सव स्थगित

चितवन । खैरहनी–५ गौचरनमा जारी सातौं खिचरा महोत्सव आज एक दिनका लागि स्थगित भएको छ ।

हिजो (बिहीबार) दिउँसोदेखि नै लगातार वर्षा भइरहेको महोत्सव एक दिनका लागि स्थगित गरिएको थारु कल्याणकारिणी सभा क्षेत्र नं.७ का अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक चुडामणि चौधरीले जानकारी दिए ।

वर्षाले महोत्सव स्थलमा पानी जम्नुको साथै दर्शकलाई महोत्सव स्थलमै प्रवेशका लागि समस्या देखिएकोले आज एक दिनको लागि मात्र महोत्सवका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको संयोजक चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस