काठमाडौं । अन्ततः तीन महिना यता रिक्त सभामुख चयनमा नेकपाका अध्यक्ष प्रचण्ड हावी हुने भएका छन् । अब सत्तारुढ दल नेकपामा उनले प्रस्ताव गर्ने नेता नै सभामुखका रुपमा उम्मेद्वार बन्ने करिव निश्चित भएको छ ।
यद्यपी यस सम्बन्धमा आजै पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रचण्डले निर्णायक छलफल गरेपछि टुंगो लाग्ने भएको छ । ओलीसँगको छलफलका लागि प्रचण्ड अहिले प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरिसकेका छन् ।
५ दिन यताको सम्वादहिनता तोड्दै हिजो बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओली आफ्नो अडानमा लचिलो बन्ने संकेत देखिएपछि अब सभामुख पूर्व माओवादी धारकै नेताबाट हुने भएको छ । त्यसका लागि प्रचण्डले नामका विषयमा भने पहिले सभामुख पूर्व पार्टीका लागि दिन ओली तयार भएपछि मात्र प्रस्ताव गर्ने तयारी गरेको खुमलटार स्रोतले बताएको छ ।
प्रतिनिधीसभाको सभामुख नेकपाले चयन गर्न नसक्दा संसद बन्धक बनेको बन्यै छ । संविधानले प्रतिनिधीसभामा सभामुखविहिन अवस्थाको परिकल्पना गर्दैन । तर १४ असोजदेखि संसदमा सभामुख छैन । निर्वतमान सभामुख कृष्णबहादुर महरालाई वलत्कार प्रयासको आरोपमा पूर्पक्षका लागि जेल चलान गरेपछि संसदमा सभामुख विहिन अवस्था छ ।
अब यो अवस्थालाई ६ माघको बैठकबाट पछि धकेल्ने सोचमा सत्तारुढ नेकपा छैन । त्यस अगाडि नै पार्टीका तफबाट उम्मेद्वार चयन गर्ने, उपसभामुखलाई राजीनामा गराउने र ६ गतेको संसद बैठक जेष्ठ सदस्यका रुपमा राजपा नेता महन्थ ठाकुरलाई गराउने र सभामुख चयन प्रक्रियाका लागि अहिलेकी उपसभामुखले तयार पारेको कार्ययोजना अनुसारको प्रक्रिया अगाडि बढाउने गरी नेकपाले आन्तरिक तयारी थालिसकेको महासचिव विष्णु पौडेलले बताए ।
‘अब ढिला हँुदैन, ६ माघको संसद बैठकबाट सभामुख चयनको प्रक्रिया अगाडि बढ्छ, महासचिव पौडेलले भने,– ‘अध्यक्षदयले सचिवालयमा एउटै प्रस्ताव ल्याउनुहुन्छ, उहाँहरु करिव छलफलमा निर्णायक निश्र्कष नजिक पुगि सक्नुभएको छ ।’
४ पुसमा संसदको हिउँदे अधिवशेन शुरु भएयता संसदको अधिवेशन दुई पटक सूचना टाँस गर्दै सारेको सार्यै गरिएको छ । पार्टीभित्रै सभामुखमा कुरा नमिलेका कारण नेकपाले सार्वभौम संसदलाई नै बन्धक बनाएको भन्दै आलोचना बढेको थियो ।
बिहिबारको छलफलमा ओली आफ्नो अडानमा लचिलो बनेपछि अब सभामुख चयनमा नेकपाभित्र सहमति नजिक छलफल चलिरहेको छ ।
खासगरी सभामुखमा ओलीले आफ्नो अडान लिइरहँदा प्रचण्डले यो विषयलाई सचिवालय, स्थायी समिति र आवश्यक परे केन्द्रीय समितिमा समेत लैजाने बताएपछि ओली लचक बनेका हुन् । अहिलेकै समिकरणमा रहने हो भने आली यी तिनवटै पार्टी निकायमा अल्पमतमा पर्नेछन् । २३ पुसमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम निवासमा बसेको सचिवालय सदस्यहरुको बैठकले प्रचण्डले प्रस्ताव गर्ने सभामुखमा साथ दिने निश्र्कष निकालेपछि ओलीलाई आफ्नो अडानबाट पछि हटन दवाव बढेको थियो ।
हिजो बालुवाटारमा ओली निकट नेताहरु इश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्वाङबीचको छलफलमा पनि ओलीलाई आफू पार्टीमा पर्न सक्ने अल्पमतका विषयमा छलफल भएको थियो । महासचिव पौडेलले अल्पमतमा परेर आफू कमजोर बनेको सन्देश दिन नहुने भन्दै सभामुखमा लचिलो बन्न सुझाव दिएका थिए ।
त्यही आधारमा ओली प्रचण्डलाई सभामुख प्रस्ताव गर्न दिन तयार भएका हुन् । सभामुख चयनमा अब प्रचण्ड हावी भए सभामुख को ? यस बारेमा भने प्रचण्डले आज मात्र ओलीसँगको छलफलमा नाम अगाडि सार्ने स्रोतले बतायो ।
सभामुखमा पूर्व माओवादी तर्फबाट अग्नि सापकोटा, देव गुरुङ, पम्फा भुषाल लगायतको नाम चर्चामा छ । तर यी नामबाहके अन्य नामका विषयमा पनि छलफल हुन सक्ने सम्भावना रहेको स्रोतले बतायो । यसो हुँदा हरिवोल गजुरेल, जर्नादन शर्मा र टोपबहादुर रायमाझीका नाममा पनि छलफल हुन सक्ने सम्भावना उत्तिकै रहेको पूर्व माओवादी धारका नेताहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ माघ २०७६, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती विधेयकमा भएको गडबडी छानबिन समितिका सदस्यहरूले गरे सभामुखसँग छलफल
कुलिङ अफ पिरियडको गडबडी छानबिन गरी विधेयक सच्याउन सभामुखको जोड
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल सिंहदरवारमा जारी
विधेयकको अवस्थाबारे छलफल गर्न सभामुखले बोलाए समितिका सभापतिहरूसँगको बैठक
प्रमुख तीन दलका मुख्य सचेतकसँग छलफल गर्दै सभामुख
प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा अवरोध नगर्न रास्वपालाई सभामुखको आग्रह