काठमाडौँ । उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभामा रिक्त सभामुख पदको लागि आफू नै योग्य भएको बताउनुभएको छ । नुवाकोटको बेत्रावतीमा आज आयोजित गोरु जुधाइँ प्रदर्शनी कार्यक्रममा उहाँले रिक्त सभामुख पदको लागि बाटो खुला गर्न आफू राजीनामा दिन तयार भएको तर सभामुख पदको उम्मेदवारमा आफू पनि दाबेदार रहेको बताउनुभयो ।
“सो पदमा कि त पार्टीले उम्मेदवार सिफारिस गर्न सक्नुप¥यो, कि अडान त्याग गरेर नेतृत्वबिहीन बनेको संसद् सहज रुपमा सुचारु गर्न सहयोग गर्नुपर्छ ।” उपसभामुख तुम्बाहाम्फेले संसद् नचल्दा जनताका मौलिक हक तथा राष्ट्रिय सुरक्षासँग जोडिएका विभिन्न पाँच विधेयक प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पठाउन ढिलाइ भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०१ माघ २०७६, २१ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता