पढ्नुहोस्, तातो पानी खानुका फाइदा

बुधबार, ०१ माघ २०७६, १५ : ३७
पढ्नुहोस्, तातो पानी खानुका फाइदा

काठमाडौं । स्वस्थ शरीरका लागि पानी आवश्यक छ । जाडो याममा धेरैले तातो पानी खान्छन् । तातो पानी खानु शरीरका लागि लाभदायी हुन्छ ।

– तातो पानीले शरीरलाई भित्रैदेखि सफा गर्छ । पाचन प्रक्रिया सही नहुनेले दिनमा दुई पटक तातो पानी खानुपर्छ । बिहानै तातो पानी खाँदा शरीरमा भएका विषाक्त तत्त्व बाहिर निस्किन्छन् । जसले गर्दा पाचन प्रक्रिया सही रहन्छ। तातो पानीमा कागती र मह मिसाई खाँदा झन् फाइदा हुन्छ ।

– कब्जियतको समस्या भएकाहरूले तातो पानी खाँदा फाइदा हुन्छ । हरेक बिहान एक गिलास तातो पानी खाँँदा शरीरलाई फाइदा पुग्छ ।

– बिहान र हरेक पटक खाना खाइसकेपछि एक गिलास तातो पानीमा कागती र मह मिसाई खाँदा शरीरमा भएको बोसो घट्छ । कागतीमा भएको तत्त्वले पटक–पटक भोक लाग्न दिँदैन।

– चिसोले घाँटी दुख्दा तातो पानी खानुपर्छ । त्यसमा अलिकति नुन मिसाएर खाँदा अझै लाभ मिल्छ ।

– महिनावारीका बेला कतिपय महिलालाई पेट दुख्ने समस्याले सताउँछ । त्यसो हुँदा तातो पानीमा सुकुमेलको धुलो मिसाई खानुपर्छ । त्यसले पेट दुखाइमा मात्र राहत दिँदैन, टाउको दुख्दा पनि आराम महसुस गराउँछ । - सम्पूर्ण साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस