काठमाडौं । नेकपाभित्र पार्टी शीर्ष नेताहरुकै वीचमा धुव्रिकरण बढिरहेका बेला प्रधानमन्त्री केपी ओलीको समुहमा उत्तराधिकारीको खोजी शुरु भएको छ । अस्वस्थ्य प्रधानमन्त्रीको उत्तराधिकारी बन्नका लागि उनी नेतृत्वको समुहमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य इश्वर पाखरेलका वीचमा प्रतिस्पर्धा चल्न थालेको छ ।
पार्टीभित्र रहेर उत्तराधिकारी बन्न सकिन्छ कि सरकारको मोर्चामा रहेर भन्नेमा पौडेल र पोखरेलका वीचमा तिब्र प्रतिस्पर्धा चलिरहेको ओली निकट नेताहरुको भनाई छ । पौडेलले सरकारमा र पोखरेलले भने पार्टीको जिम्मेवारीमा रहेर उत्तराधिकारी बन्ने दाउ गरिरहेका छन् । यी दुई नेताका वीचमा पनि एकपटक अनौपचारिक रुपमा सरकार र पार्टीका मोर्चा हेरफेरका विषयमा कुराकानी चलेको स्रोत बताउँछ । पौडेल सरकारमा उपप्रधान तथा अर्थमन्त्रीका रुपमा प्रवेश गरेर प्रधानमन्त्रीको मृगौला पून प्रत्यारोपणका क्रममा कार्यवाहक प्रधानमन्त्रीका रुपमा आफु सरकारको मोर्चामा जान हत्तारिएका छन् ।
त्यसका लागि उनले आवश्यक पर्दा पोखरेललाई सरकारवाट वाहिर ल्याएर पार्टीको महासचिव पद दिन सकिने सम्मको सन्देश पु¥याईसकेका थिए । पौडेलको दाउ प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारबाट विष्णु रिमालालाई हटाउने र त्यसपछि आफुृ निकट ब्यक्तिलाई त्यहा सेटिङ मिलाउने, आफु सरकारमा उपप्रधान तथा अर्थमन्त्रीका रुपमा भित्रने र पोखरेललाई पार्टी महासचिवको पद आवश्यक पर्दा छोडन सकिने गरी रणनीति बनाउन थालेका छन् ।
प्रधानमन्त्रीका सचिवालयका सदस्यहरु हेरफेरको तयारी हुदै गर्दा देखि पौडेल र पोखरेलका वीचमा उत्तराधिकारी वन्ने प्रतिस्पर्धा चलेको हो । ओलीले भने आफना उत्तराधिकारी पोखरेलमा नदेखेपछि विष्णु पौडेललाई पार्टी एकताका क्रममा अध्यक्ष दाहालसँगको समेत सहमतिमा महासचिव बनाएर अगाडी सारेका थिए ।
तर तत्कालका लागि पौडेल पनि सम्भावित उत्तराधिकारीकै रुपमा नदेखिएपछि उनले केही समय अगाडी नेता वामदेव गौतमलाई पून फकाउदै उत्तराधिकारी बनाउने सम्मका लागि आश्वासन बाढेका थिए । तर गौतमले ओलीसँग भन्दा पनि प्रचण्डसँगको हिमचिममै आफुलाई राख्न थालेपछि ओली गौतमलाई आफुबाट टाढा जान पनि नदिने तर प्रचण्डको हुन पनि नदिने रणनीतिमा लागेका छन् । त्यसो हुदा गौतम ओलीको सम्भावित उत्तराधिकारीको सम्भावित सूचिबाट हटाईएका छन् ।
गौतम पाखा लागेपछि अहिले उत्तराधिकारीका लागि महासचिव पौडेल र उपप्रधान तथा रक्षामन्त्री रहेका पोखरेलकै वीचमा प्रतिस्पर्धा चलिरहेको छ । तत्कालिन एमालेमा दुई पटक सम्म पार्टी महाससचिव बनेपनि पार्टी पकडमा पोखरेल असाध्यै कमजोर देखेपछि पौडेलले उनलाई पछाडी पारेर आँफै उत्तराधिकारीका लागि लागेको देखिएको ओली निकट नेताहरुका वीचमा चर्चा छ ।
पोखरेललाई कार्यकर्ताले खास नरुचाउने र उनले महासचिव भएर पार्टीमा पकड बनाउन नसक्ने भन्दै सरकारको मोर्चामै रहेर मात्र पार्टी कार्यकर्तामा पकड बनाउन सकिने पौडेलले ठानेका छन् । तर पौडेलको यो योजनाभित्र ओली निकट नेताहरु शंकर पोखरेल, पृथ्वी सुब्वा गुरुङ लगायतले व्रेक लगाईदिएपछि उनी अहिले बन्न लागेको समिकरण भत्कन पुगेकोमा चिन्त्ति देखिन थालेका छन् ।
पौडेलले पार्टीभित्र आफु भन्दा वरियतामा माथिल्लो स्तरमा रहेका पोखरेललाई पार्टी जिम्मेवारीमा ल्याउने, गृहमन्त्री रामवहादुर थापालाई पनि सरकारबाट बाहिर ल्याउने गरी रणनीति बनाउन लागेका थिए ।
पोखरेलले पनि पार्टी महासचिव पाए आफु सरकारबाट बाहिर आउन तयार रहेको सन्देश पौडेल निकट मार्फत विष्णु पौडेलसम्म पु¥याएका थिए । तर पौडेलको योजनामा ओलीका विश्वासप्रप्त नेता शंकर पोखरेलले व्रेक लगाईदिएको ओली निकट एक नेताले बताए ।
पार्टीभित्र प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालका आ-आफना समुह छन् । पछिल्ला दिनमा प्रचण्ड र नेपालका वीचमा हिमचिम बढदो देखेपछि ओली निकट नेताहरुमा पनि बलियो उत्तराधिकारीको खोजी शुरु भएको निकट नेताहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ माघ २०७६, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको एकता ‘प्रस्ताव’लाई ‘विप्लव’ नेतृत्वको नेकपाले गर्यो स्वागत
विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध साउन ३० गते देशभर प्रदर्शन गर्ने
एमालेले आज ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने