काठमाडौं । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र आफ्नो समूह छुट्टै रहेको सन्देश दिएका छन् । पार्टी संरचनाको भागबन्डामा बारम्बार सिटौला समूह कता भन्ने प्रश्न उठेपछि उनले सार्वजनिक कार्यक्रममार्फत नै संस्थापन र रामचन्द्र पौडेल समूह कुनैमा पनि नरहेको बताएका हुन् ।
तेस्रो समूहमा रहेका सबै नेतालाई एउटै मञ्चमा राखेर जीपी कोइराला, लोकतन्त्र संवद्र्धन केन्द्रले मंगलबार आयोजना गरेको कार्यक्रममा सिटौलाले १३ औं महाधिवेशनदेखि आफूसँग जोडिएका सबै नेता तथा कार्यकर्ता एकै ठाउँ रहेको पनि दाबी गरे । ‘देउवातिर पनि होइन, पौडेलतिर पनि होइन । १३ औं महाधिवेशनपछि हामी जहाँ छौं, त्यहीँ छौं । बरु विस्तारित हुँदै गएका छौं,’ कार्यक्रमपछि सिटौलाले भने । उनले पार्टीभित्रको बृहत् एकता र १४ औं महाधिवेशनलाई निष्पक्ष र स्वतन्त्रपूर्वक बनाउने दिशामा आफ्नो ध्यान केन्द्रित रहेको बताए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०१ माघ २०७६, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनप्रतिनिधिले जिम्मेवार र जवाफदेहितासहित नागरिक हक अधिकारका लागि काम गर्नुपर्छ : कृष्णप्रसाद सिटौला
सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्छ: कृष्णप्रसाद सिटौला
संघीय व्यवस्थाअनुसार मानसिकता नबदलिएकाले समस्या छ: नेता सिटौला
आन्तरिक एकता नभए बाह्य शक्तिको हस्तक्षेप भइ देश नै कमजोर हुन्छ : कृष्ण सिटौला
पूर्वराजाले राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्छ : सिटौला
सरकारले चाहे ज्ञानेन्द्रलाई नागार्जुनबाट हटाउन सक्छ : कृष्णप्रसाद सिटौला