सोनाम ल्होसार पर्व मनाउन माघ १० गते वाग्मती प्रदेशमा सार्वजनिक बिदा

सफल खबर संवाददाता

मंगलबार, २९ पुस २०७६, १७ : १४
सोनाम ल्होसार पर्व मनाउन माघ १० गते वाग्मती प्रदेशमा सार्वजनिक बिदा

हेटौँडा । सोनाम ल्होसार पर्वको उपलक्ष्यमा आगामी माघ १० गते शुक्रबार वाग्मती प्रदेशका १३ वटै जिल्लामा सार्वजनिक बिदा हुने भएको छ । 

मन्त्रिपरिषद्को बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस