बेलायती महारानीद्वारा ह्यारी र मेगनलाई क्यानडा र बेलायतमा समय बिताउन अनुमति

एजेन्सी

मंगलबार, २९ पुस २०७६, ०९ : ०२
बेलायती महारानीद्वारा ह्यारी र मेगनलाई क्यानडा र बेलायतमा समय बिताउन अनुमति

एजेन्सी । बेलायती महारानी एलिजाबेथ द्वितियले द ड्युक एण्ड डचेज अफ ससेक्सलाई ‘केही समयका लागि’ क्यानडा र बेलायतमा समय बिताउन अनुमति दिएकी छन् ।

तर यो अनुमति राजकुरमा ह्यारी र उनकी पत्नी मेगनको भावी राजकीय भूमिकाका सम्बन्धमा स्पष्ट निर्णय नभएसम्मका लागि मात्रै रहेको जनाइएको छ ।

महारानी एलिजाबेथले राजकुमार ह्यारी र मेगनले आफ्ना लागि चाहेको नयाँ भूमिकाप्रति सकारात्मक रहेको बताएकी छन् । तर महारानीले राजकुमार ह्यारी र मेगन पूर्ण रुपमा राजकीय कार्यमै संलग्न राजघराना रहुन् भन्नेमा जोड दिएकी छन् ।

ह्यारी र मेगनको भावी भूमिकाका सम्बन्धमा अन्तिम निर्णय आउँदा दिनमा लिइने उनले उल्लेख गरेकी छन् ।

बेलायती राजपरिवारका शीर्ष सदस्यहरुबिच सान्ड्रिङ्घममा राजकुमार ह्यारी र उनकी पत्नी डचेज अफ ससेक्स अर्थात मेगन मर्केलको भावी भूमिकाका सम्बन्धमा छलफल भएको हो । सो भेटमा ह्यारीका पिता राजकुमार चाल्र्स तथा दाइ राकजुमार विलयम पनि उपस्थित थिए ।

द ड्युक एण्ड डचेज अफ ससेक्सले आफूहरु बेलायती राजपरिवारको शीर्ष सदस्याबाट पछि हट्न चाहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस