तनावबारे कतार र इरानका अधिकारीहरूको यस्तो ठहर

एजेन्सी

आइतबार, २७ पुस २०७६, २२ : ३२
तनावबारे  कतार र इरानका अधिकारीहरूको यस्तो ठहर

तेहरान । क्षेत्रीय द्वन्द्वलाई कम गर्नु नै एकमात्र समाधान रहेको ठहर कतार र इरानका अधिकारीहरूले गरेका छन् । अमेरिका–इरानबीचको द्वन्द्व कसिलो बन्दै गर्दा कतारी अमीर शेख तमीम बिन हमद अल–थानीले तेहरान भ्रमण गरी इरानका राष्ट्रपति हसन रौहानीलाई भेट गरेपछि अल–थानीले सञ्चारकर्मीसँग आइतबार उक्त कुरा बताएका हुन् ।

उनले पत्रकार सम्मेलनमा भने, “यो भ्रमण मध्यपूर्वमा देखिएको सङ्कटबीच भएको र मेरा इरानी दाजुभाईहरू तथा महामहिम राष्ट्रपतिसमक्ष यस क्षेत्रको सङ्कटको अन्त्य सबै पक्षबाट वार्तामार्फत् समाधान खोज्नु नै हो ।”

प्रतिक्रिया दिनुहोस