तेहरान । मिसाइल प्रहार गरी युक्रेनी विमान खसाएको विरोधमा इरानको राजधानी तेहरानमा प्रदर्शन गरिएको छ । इरानी अधिकारीले विमान खसाएको विषयलाई ढाकछोप गरेको भन्दै सयौंको संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका हुन् । केही विश्वविद्यालयमा समेत प्रदर्शन भएको बीबीसीले लेखेको छ ।
विमान दुर्घटना प्रकरणमा झुट बोलेको भन्दै प्रदर्शनकारीले इरानका सर्वोच्च नेता आयातुल्ला अली खमानेइविरुद्ध नाराबाजी गरेका छन् । प्रदर्शन चर्किंदै गएपछि स्थिति नियन्त्रणका लागि सुरक्षाकर्मीले अश्रुग्यास हानेको छ ।
प्रदर्शनको समर्थन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप्पले ट्वीटसमेत गरेका छन् । त्यसमा उनले भनेका छन् "इरानका बहादुर तथा पीडित नागरिकहरू: म मेरो कार्यकालको सुरुबाटै तपाईँहरूको पक्षमा उभिएको छु र मेरो सरकार तपाईँहरूको पक्षमा निरन्तर उभिने छ। हामी तपाईँहरूको प्रदर्शनलाई नजिकबाट नियालिरहेका छौँ। तपाईँहरूको साहस प्रेरणादायी छ।"
इरानले गत बुधबार विमान ‘भूलबश’ खसाइएको भन्दै शनिबार स्वीकार गरेको थियो । युक्रेनी अन्तर्राष्ट्रिय एयरलाइन्सको फ्लाइट पी एस ७५२ विमान तेहरानमा रहेको इमाम खोमेइनी एयरपोर्ट नजिकै उडेको केही क्षणमा खसाएको थियो । विमानमा सवार १७६ सबै यात्रुको मृत्यु भएको थियो ।
सुरुमा दुई वटा विश्वविद्यालयका विद्यार्थीहरू मृत्यु भएकाहरूलाई सम्मान प्रकट गर्नका लागि जम्मा भएको बताइएको छ।
सरकारी फार्स समाचार संस्थाले प्रदर्शनबारे समाचार बनाएको थियो जसमा करिब एक हजार प्रदर्शनकारीहरूले नेताहरूविरुद्ध नाराबाजी गरेको र सुलेमानीको तस्बिर च्यातेको बताइएको छ।
विद्यार्थीहरूले विमान खसाल्न जिम्मेवार र उक्त घटना लुकाउनेहरूमाथि मुद्दा चलाइनुपर्ने माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २७ पुस २०७६, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण आइतबार ओमानमा हुने
'इरान र अमेरिका अर्को चरण वार्ता गर्न सहमत'
इरानद्वारा ट्रम्पसँग प्रत्यक्ष वार्ता अस्वीकार, अप्रत्यक्ष वार्ताका लागि तयार
अमेरिकालाई इरानको जवाफ: धम्की दिने सरकारसँग वार्ता गर्दैनौँ
इरानले सन् २०२४ मा ९०१ जनालाई मृत्युदण्ड दिएको छ : राष्ट्रसंघ
इरानको परमाणु केन्द्रमा इजरायलले गर्यो आक्रमण