फिल्म खोई प्रियंका

शनिबार, २६ पुस २०७६, १३ : १९
फिल्म खोई प्रियंका

काठमाडौं । हिट फिल्म दिन नसके पनि एक समय प्रियंका कार्कीलाई भ्याईनभ्याई थियो । तर खैे के भयो अहिले उनी फिल्मविहीन छन् । पछिल्लो फिल्म ‘प्रेम दिवस’ प्रेमी आयुष्मान देशराज जोशीसँग देखिएकी प्रियंका अर्को फिल्ममा देखिएकी छैनन् ।

उनले अभिनय गरेको ‘नाईं नभन्नू ल’ र ‘छक्का पञ्जा’ को सिरिज त बन्दै छ तर उनी अनुबन्ध छिन् कि छैनन् निर्माण टिमले खुलाएको छैन अझै । आफैँले वेब सिरिज बनाएर युट्युबमा रिलिज गरे पनि त्यत्ति राम्रो रेस्पोन्स आएको देखिएन । यसरी नै करिअर ओरालो लाग्यो भने त एकादेशमा प्रियंका पनि हिरोइन थिइन् भन्ने होला है ! - शुक्रबार साप्ताहिकबाट
 

प्रतिक्रिया दिनुहोस